‘रेड लाइट एरिया’ मा छापा, पाँच नेपाली युवती फेला

चैत२३ गते शुक्रवार, काठमाडौं – भारतमा यौन धन्दामा लगाउँदै आइएका पाँच नेपाली युवतीको उद्धार गरिएको छ । आगरास्थित एक ‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मार्दा पाँच नेपाली युवती फेला परेका हुन् ।

कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् । प्रहरीले उद्धार गरिएका किशोरीहरुलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको छ । कोठी संचालकलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न प्रलोभनमा ल्याएर यौन धन्दामा लगाउँदै आएको सुराकी पाएपछि बुधबार प्रहरीले छापा मारेको हो । बाहिरबाट ताला लगाएको अवस्थामा रहेका कोठा प्रहरीले जबर्जस्ती खोलेको थियो ।

ती कोठामा थुनिएको अवस्थामा किशोरीहरु फेला परेको बताइएको छ । माइती नेपालको पहलमा सो कारवाही गरिएको बताइएको छ । नेपालबाट तीन किशोरीलाई आगरा पुर्याएर देहव्यापारमा लगाइएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । – दस्तावेज