बेलायतवासी गायक बिष्णु बन्जाडे र कल्पना श्रीपालको सुमुधुर स्वरमा “कोईलीले गाउँछ” भिडियो सार्बजनिक !

युके,
प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो । प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्याे सम्मानयोग्य रहन्छ । आजकल र्‍याप, पप र आधुनिक गीत,संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो ।
लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन । नेपालमा विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक बञ्जाडे र गायिका कल्पना श्रीपालको सुमधुर आवाजमा एकदमै रमाइलो मौलिक झ्याउरे भाकामा “कोईलीले गाउँछ” भन्ने गित युटुब मार्फत बिन्दाबासिनी म्यूजिक कम्पनिले बजारमा सार्बजनिक गरेको छ।
उक्त भिडियोमा विष्णु बन्जाडेको शब्द र सगित सुर्य खड्काको रहेको छ भनि चर्चित मोडल करिश्मा ढकाल / रीना / कजिश श्रेष्ठ र राजेन्द्रको निकै उत्कृष्ट अभिनय रहेको देखिन्छ | मौलिक र डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने कुरामा आफु आशाबादी रहेको गायिका कल्पनाले बताइन । किरण चौसियारले छायाँकन गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन।
हेरौ उक्त भिडियो