एसईई दिन आएकी केटीलाई प्रहरीले गरे बलत्कार पछि हत्या, चिन्नुहोस् को हो त्यो प्रहरी ? (भिडियो)

एसइई परीक्षा दिन आएकी युवती गोरीकला रोकायाको प्रहरी जवानबाटै बलात्कारपछि हत्या भएको खुलासा भएको छ । मंगलबार बिहान कोठामा मृत फेला परेकी १८ वर्षीया रोकायको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको हो ।
बलात्कार र हत्यामा संलग्न प्रहरी जवानसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । पञ्चपुरी–३ चौर घर भएकी रोकाय एसइईको परीक्षा दिन बाबियाचौरमा कोठा भाडामा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार युवती बलात्कार र हत्यामा बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८ माझीगाउँका २८ वर्षीय खुमप्रसाद बास्तोला र उनका भाई २० वर्षीय लक्ष्मी बास्तोला संलग्न रहेको पाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरेन्द्रनगरमा दरबन्दी रहेका ट्राफिक जवान कोइराला सात दिनअघि मात्रै बाबियाचौर गएका थिए। वीरेन्द्रनगरमा होटल व्यवसाय गर्ने लक्ष्मी बास्तोलासँग कोइरालाको पुरानो चिनजान थियो। सोमबार बिहान बाबियाचौरमा भेट भएपछि कोइरालाले लक्ष्मीलाई ‘केटी मिलाइ दिन’ आग्रह गरे। लक्ष्मीले गोरिकलालाई फोन गरे। फोनमा राति भेट्ने सहमति भयो। ट्राफिक प्रहरी कोइराला आफ्नो ड्यूटी सकेपछि लक्ष्मीको घर माझीगाउँ गए। त्यहाँको एक होटलमा दुबैले मदिरा सेवन गरे। राति साढे ११ बजे एउटै मोटसाइकलमा गोरीकलाको कोठामा आएका उनीहरूले सोही मोटरसाइकलमा राखेर उनलाई नजिकैको रंगशालामा पुर्याए। ‘त्यहाँ उनीहरूबीच शारीरिक सम्पर्क भएको पक्राउ परेकाहरुले स्वीकारेका छन्’ एसपी चर्तुवेदीले भने, ‘बिहान साढे १ बजेतिर बालिकालाई कोठामा पु¥याउन आउने बेला हत्या भएको देखिन्छ।’ थप भिडियोबाट हेर्नुहोस्