गृहमन्त्री बादलकै अगाडी गाई काटेर खुवाइन्छ, कसले रोक्छ हेरौं ! : आङकाजी शेर्पा

काठमाडौं, १२ चैत ।

केहि समयअगाडी पृथ्वीनारायण शाहको तस्वीरमा थुकेर चर्चामा आएका आदिवासी जनजाती अगुवा नेता आङकाजी शेर्पाले त्यस्तै हंगामा मच्चाउने अभिव्यक्ति दिएका छन् ।

शेर्पाले मुख्यमन्त्रीकै अगाडि गाई काटेर साकेला सीली (उभौली) पर्व मनाउने घोषणा गरेका छन् । आदिवासी जनजाति महासंघका पुर्वमहासचिव समेत रहेका शेर्पाले किरातीहरुको महान् उभौलीको प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बनाउने र त्यही कार्यक्रममा गाईलाई काट्ने घोषणा गरेका हुन् ।

फोरम नेता समेत रहेका शेर्पाले तीन नम्बर प्रदेशको प्रदेश उपसभामुख राधिका तामाङ्गले आदिवासी मंगोलियनहरुको परम्परागत धर्म संस्कृती र मुल्य मान्यतामा रहेको गाई गोरु काटेर खाने प्रचलनलाई राज्यले कुण्ठित पार्न नहुने बताएका छन् । उनले तामाङको मिडिया र सामाजिक संजालमा भइरहेको आलोचनालाई गलत भनेका छन् ।

धर्मनिरपेक्ष नेपालमा संस्कृतिलाई पुन जीवित गराउने हाम्रो अभियान भन्दै नेता शेर्पाले साकेला सीलीमा गृहमन्त्रि रामबहादुर थापा बादल, प्रदेश ३ को उपसभामुख राधिका तामाङ्गको बिशेष आतिथ्यमा सो कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

“किराँत समुदायको साँस्कृतिक पितृ पुजा अर्थात घर पुजा गर्दा गाई गोरुको टाउको राखेर पुज्नु पर्ने अनिवार्य रिति छ । तर राज्यले गाई–गोरु काटेमा जेल हाल्ने कानुन बनाएर संस्कृतिक अतिक्रमण गरेको छ । पितृहरूको सम्मानमा गोरू चढाउनु पर्छ । यस महोत्सवमा सबैलाई गोरूको सुकुटी र मःम खुवाउनु पर्छ । कसले रोक्छ हेरौं !” उनले अाफ्नो परम्पराअनुसार गाई-गोरुको सुकुटी र मःम बनाउने समेत बताए ।

राज्यले हिन्दु धर्म र दर्शनलाई नै आधार मानेर मंगोलियनहरुको धर्म संस्कुतिमाथि प्रहार गर्दै गाईलाई नै राष्ट्रिय जनावर घोषणा गरेको समेत आदिवासी जनजातिहरुको आरोप छ ।

शेर्पाले राष्ट्रिय जनावर भएकै कारण गाईलाई काटेर खानु हुदैन भन्ने कुरा गलत भएको पनि बताएका छन् । शेर्पाले हिन्दू धर्म र संस्कृतिप्रति आफ्नो सम्मान रहेको तर राष्ट्रिय जनावर बनाउँदैमा गाईलाई काटेर खानै नहुने भन्ने नभएको बताए । उनले खसीलाई राष्ट्रिय जनावर बनाए कति जना जेल जान्छन ? भन्ने प्रश्न गरे । शेर्पाले किराँती समुदायले गाई काटेर पूजा गर्ने संस्कार भएको बताउँदै कसैको संस्कृतिको प्रतिकुल राष्ट्रिय जनावर बनाउन नहुने भनाई छ ।

“हामीले खसीलाई राष्ट्रिय जना बनायौं भने यो देशमा कतिजना मान्छे जेल जान्छन् ? किराँती समुदायले गाई काटेर पूजा गर्ने संस्कार छ, कसैको संस्कृतिको प्रतिकृल राष्ट्रिय जनावर बनाउन हुँदैन” शेर्पाले भने । उनले धार्मिक कुरा उठाएर नेपाली नेपालीलाई लडाउन खोजिरहेको आरोप समेत लगाए । “बेला बेलामा धार्मिक तथा जातिय कुरालाई लिएर नेपालीको मनमा शत्रुता भर्ने प्रयास गरिरहेका छन् । नेपाली दाजु लाईलाई लगाएर सत्तामा पुग्ने चाल हो” शेर्पाका दाबी छ ।

शेर्पाले पुस २७ गते सरकारले पृथ्वीजयन्ती मनाइरहेको बेला विरोध कार्यक्रम गरेका थिए । शेर्पाको अगुवाईमा किर्तिपुरमा पृथ्वीनारायण शाहको शरीरमा थुकेका थिए । त्यसले मानिसहरुलाई दुई ध्रुबमा जबरजस्त उभ्याइदिएको थियो । कसैले विरोध गरेभने कसैले समर्थन ।

त्यसपछि एउटा अन्तरवार्तामा शेर्पाले पृथ्वीनारायण शाहलाई हत्यारा भएको बताउँदै एकताको प्रतिक हुन नसक्ने दाबी गरेका थिए । उनले जनजाति पुरुषलाईहरुको नाक काट्ने र महिलाको बलात्कार गरेर योनीमा खुर्सानी हालिदिने गरेकोले पृथ्वीनारायण शाह हत्यार र बलात्कारी भएको दाबी गरेका थिए ।

त्यसैगरी शेर्पाले अाफू कुनै जाती विरोधी नभएर उत्पीडित वर्ग र समुदायको पक्षमा उभिएको बताएका थिए । उनले अाफू उत्पिडनमा परेका बाहुनहरुको नभएर केपी, प्रचण्ड र रामचन्द्र पौडेलजस्ता सिंहदरवारभित्र बसेर सत्ताको दुरुपयोग गर्नेको विरोधी भएको बताए ।

”जातिय रूपमा म बाहुन बिराेधी हाेइन मैले बारम्बार भन्ने गरेकाे छु । बर्गीय र लैङ्गिक उत्पिडनमा परेका बाहुन र बाहुनीकाे बिराेधी हाेइन निश्चित रूपमा सिंहदरबारभित्र बस्ने केपी अाेली, प्रचण्ड, रामचन्द्र पाैडेलजस्ताा शासक बाहुहरूकाे घाेर बिराेधी हाे” अाङकाजीले भने । नेपालका बाहुन नेताहरुले अादीबासी जनजाती प्रयोग गरेर सत्ता कब्जा गर्ने र त्यसपछि भाषिक र सांस्कृतिक दवाव सिर्जना गर्ने गरेको बताउँदै शेर्पाले अाफू त्यस्तो बहुन नेताको विरोधी भएको बताए ।

पृथ्वीनारायण शाहको निधारमा थुकेको विषयमा सामाजिक संजाल र संचारमाध्यमहरुमा विरोध भइरहेको अवस्थामा अाङकाजीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुको निधारमा थुक्नु पर्ने बेला सम्भावना रहेको बताउँदै शेर्पाले भने,“पृथ्वी नारायण शाहको मात्र होइन प्रचण्डको निधारमा थुक्ने दिन नआओस् ।
(संचारकेन्द्र बाट)