अहिलेसम्मकै सम्मानित काम गर्दै प्रधानमन्त्री ओली, बालुवाटारबाटै गरे यस्तो घोषणा (भिडियो सहित)

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एक बच्चालाई विद्यालयमा भर्ना गर्ने बताएका छन् ।

सरकारी निवास बालुवटारमा प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा मन्तव्य राख्दै ओलीले आगामी वैशाख ५ गते विद्यालय जाने उमेरको कुनै बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताए ।

‘यसपालीको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु’, प्रधानमन्त्री ओलीले  भने, ‘मन्त्री र माननीयहरुले पनि त्यसै गर्नुहुन्छ ।’

हेर्नुहोस ओलीले सो कार्यक्रममा गरेको सम्बोधन 

निरक्षरतालाई दुइ वर्षभित्र उन्मुलन गर्ने नीति अन्तर्गत यसपालीको विद्यालय भर्ना अभियानलाई व्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताए । ‘अब दुई वर्षमा नेपालबाट निरक्षरता उन्मुलन गर्न यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्य मन्त्री, मन्त्री, सांसद र स्थानीय तहका सबै जनप्रतिनिधीले एक-एक बच्चालाई विद्यालयमा भर्ना गराउने छन् ।’

प्रधानमन्त्री ओलीले मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकोले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो भएको बताए । ‘मैले निश्चित त गरिसकेको छैन, तर तराइको कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा छ’, उनले भने ।

यो अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभइ विद्यालयको पढाइ पुरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पुर्‍याउनका लागि भएको प्रधानमन्त्री ओलीले बताए । ‘यो एउटा उत्प्रेरणा जगाउने अभियान हो’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाललाई अगाडि बढाउन अब सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा सुरु गर्छ ।’

प्रधानमन्त्री ओलीले यूवाहरुलाई देश निर्माणमा लाग्न आग्रह गरेका छन् । भ्रष्टचारलाई निर्मूल पार्न यूवाहरुको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । युवा परिषद्‍लाई गच्छे अनुसार सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेका छन् ।