नक्कले भिनाजु खै त मलाई जाले रुमाल” पछि बजारमा “हुलाकीले हो ” सार्बजनिक (भिडियो सहित)

लोक दोहोरि क्षेत्रमा लामो समय देखि निरन्तर रुपमा आफुलाई स्थापित गराउदै आएका लोक दोहोरि गायक बिशाल रायमाझीले सरिता साही संगको सहकार्यमा ” हुलाकीले हो ” भन्ने बोल रहेको गीत बजारमा ल्याएकाछन l
यसभन्दा पहिले “नक्कले भिनाजु खै त मलाई जाले रुमाल ” बाट दर्शक श्रोताको अत्यधिक साथ् पाएका थिए,
अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोलाई बिष्णु भट्टराईले छायांकन तथा निर्देशन गरेकाछन , बिशाल रायमाझी र सरिता साहीको आवाज रहेको गीतमा हरिमाया रायमाझीको लय छ भने शब्द स्वयम् बिशालकै रहेको छ , एलिना रायमाझी र बिशाल रायमाझीले अभिनय गरेको गीतमा सगुन शर्माको श्रीन्गार रहेको छ भने किशोर थापाले नृत्य निर्देशन गरेका छन् l
जवानीमा चिठी पत्रको भरमा माया प्रीतिको सुरुवात भएका बिसय बस्तुलाई गीतमा समेटिएको छ भने हुलाकीको भूमिकालाई हास्यव्यंग्य रुपमा प्रस्तुत गराइएको छ जसमा मोदनाथ बेलबासेले हुलाकीको भूमिका निर्बाह गरेकाछन l गोर्खा चौतारी म्युजिक प्रालिको बजार ब्यबस्थापनमा बजार मा सार्बजनिक गरिएको भिडियोले दर्शकको अत्यधिक मन जित्नेमा निर्माण पक्ष्य ढुक्क छ l हेरौ सार्बजनिक भिडियो l