गाई काण्ड : राधिका तामाङमाथि सुन्नै नसकिने गाली र अपशब्द, राधिका भन्छिन् मैले गाई काट भनेकै छैन (भिडियो)

प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ । तामाङले ‘गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै समाजिक संजालमा उनको चर्को आलोचना भएको हो । यही विषयलाई लिएर सामाजिक सञ्जालमा पनि पक्ष र विपक्षमा व्यापक टिप्पणी हुँदै आएका छन् ।
समाजिक सञ्जालमा विरोध र राजनीतिकरणा भइरहँदा तामाङले मुख खोलेकी छिन । आखिर तामाङले भनेकी के थिइन् ? अहिले भइरहेको टिकाटिप्पणीबारे तामाङले आफूलाई थाहा नभएको र आफूले गाई काट वा मासु खाउ केही पनि नभनेको बताएकी छन् । उनले यो राजनीति प्रतिशोतको आधारमा चलाइएको हल्ला भएको समेत भनेकी छन् तर उनीलाई धार्मिक सहिष्णुता खलबल पारेको भन्दै बिभिन्न व्यक्तिहरुले आलोचना गरका छन् । उपसभामुख राधिका तामाङमाथि लागेको बास्तबिक आरोप के हो ? उनलाई समाजिक संजालमा किन यसप्रकाले गालि गरिएको छ ? यो रिपोर्ट हेर्नुहोस् ।