५८ जना चेलीहरुलाई खाडी मुलुक बाट उध्दार गर्न सफल आँङ् कामी शेर्पाको नाममा समर्पित यो गित (भिडियो)

५८ जना नेपाली चेलीहरुलाई खाडी मुलुक लगाएत विभिन्न देशबाट उध्दार गर्दै आउनु भएका आँङ् कामी शेर्पा को सम्मानमा लोक गायक नीलमणि भण्डारीले आफ्नै रचना र आवाज एकदमै मर्मस्पर्शी गित फेसबुक लाइव बाटै सार्बजनिक गर्नु भएको छ। जनचेतनाका लागि सक्दो शेयर गरि दिनु होला भन्दै आग्रह पनि गर्नु भएको छ |

अमेरिकामा लामो समय देखी बस्दै आउनु भएका समाजसेवी आँङ् कामी शेर्पा उनले पछिल्लो समय ३ महिना १२ दिन सिरियामा थुनेर राखेका सुकुमाया लिम्बुलाई तीन महिना निरन्तर लागेर उद्दार गर्न सफल भएको बताउछन् । ‘दिनरात नभनी महिनौ लगाएर सुकुमायालाई नेपाल फर्काउन पाउँदा निकै खुसी लाग्यो,’ उनले भने, ‘सुकुमायालाई बेच्ने तीन जना दलाललाई पत्ता लगाएपछि सहयोगीहरु र तिनै दलालबाट संकलन भएको रकमबाट लिम्बुलाई उद्दार गर्न सफल भएको हो ।’

विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ । महिलाहरुको साथै उनले साउदीमा तीन महिनादेखि काम नपाएर अलपत्र भएका २६ जना पुरुषका लागि पनि सहयोग गरिरहेका छन् । उनले गरेको मानवीय सेवाको कार्यहरुको लाइभ हेर्ने हजारौले निकै मार्मिक टिप्पाणीहरु दिँदै आएका छन् ।

विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन् । ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ । पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु ।’
एभरेस्ट टाइम्सको सहयोगमा