नेपाली सेनाले देखायो टुडिखेलमा घोडे जात्रामा घोडाको यस्तो अनौठो कौशल (भिडियो सहित)

स्कट नेपाल/काठमाडौँ – विभिन्न कार्यक्रम गरी आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ ।

नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम सम्पन्न गर्‍यो।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा गरिएको घोडेजात्रा ट्रिक राइड र बग्गीबाट सुरु भएको थियो । समारोहमा नेपाली सेनाले घोडा दौड र अश्वकला प्रर्दशन गरेको छ ।

घोडेजात्रा काठमाडौं उपत्यकामा मात्र मनाइने परम्परा भएपनि यसले राष्ट्रिय पर्वको मान्यता पाएको छ । सरकारले घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ तर आज भने शनिवार परेको थियो ।
गुरूमापा भन्ने तुण्डि नामक राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको तर शहरवासीले राक्षसको आत्मा टुंडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको जनविश्वास छ ।

हेर्नुहोस सेनाको कौशल भिडियोमा