शिबको दिलमा सम्झना बसेपछि बजारमा चर्चा : हेरौ भिडियोमा

सुदीप गौतम, बुटवल

वि.स.२०५१ साल चैत महिनाको १८ गते शनिबारको दिन सितगंगा नगरपालिका वार्ड न.११ मौवाबारीमा बुवा जिवनारायण खनाल र आमा खिमकला खनालको कोख बाट जन्मिएका यिनि माइला छोरा हुन । सानै देखी गित संगितमा रुचि राख्ने शिब बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे उनि कहिले प्रथम त कहिले दृतिय स्थान हासिल गरेको उनले बताउछन सानै उमेरमा गायक बनेका शिब बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन । कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका वार्ड नं ९ चौवन्नपुरमा बस्दै आउनु भएका र कर्म थलो बुटवललाइ बनाएउदै आउनु भएका गायक शिबले हाल रम्भादेबि टेक्निकल कलेजमा सिभिल इन्जिनियरिङ पढदै गरेको बताए ।

२०६९ सालबाट न्यु लुम्बिनी कला केद्र बुटवलमा गायक सौगात सायरबाट संगित सिक्दै आएको उनले बताउछन । २०७२ सालमा पहिलो पटक तिजको गितमा शब्द सिर्जना गर्ने अवसर पाएका गायक शिबले २०७३ साल नयाँ बर्षको अवसरमा आफनो लोक रोइला एल्बम “मेरै बदनाम भो” भन्ने गित बजारमा ल्याएका थिए र २०७४ सालममा तिजको गित चट्टमायालु गित ल्याएका थिए भने अहिले मौलिक सालैजो गित दिलमा बस्यो कलेजी खायो सार्वजनिक गरेका छन । गितमा गायक शिब खनाल र चर्चित लोक तथा दोहोरी गायीका सम्झना लामीछाने मगरले उनलाइ स्वरमा साथ दिएकी छिन सोही गितमा लय शब्द प्रसाद खप्तरीको रहेको छ ।

अबिरल फिल्मिसको ब्यानरमा भिडियो निर्माण भएको छ जसमा निर्देशक बिष्णु भट्टराइले गर्नु भएको छ भने छ । करिष्मा ढकाल, सुमन पौडेल र बिजय कुवरको अभिनय रहेको छ । घर परिवार र मामा माइजुको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने शिब कुनै राष्ट्रिय स्तरका गायक भन्दा कम छैनन प्रतिभाका धनि गायक शिब नयां वर्षको अवसरमा पाल्पा,कपिलवस्तु,रुपन्देही, दाङ, नवलपरासी, प्युठान,गुल्मी, स्याङजाका बिभिन्न कार्यक्रममा गएर फर्किएका छन । आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउछन