अस्पतालको बेडमा बोक्सी भन्दै बुढी आमालाई लुछालुछ, कुरुवा भए रमिते (भिडियो)

कैलालीकी राधाले बोक्सीको आरोपमा झण्डै ज्यान गुमाउन पुगिन् । कैलाली घटना भएको केही दिन पछि अस्तालको बेडमै बोक्सीको आरोपमा एक बृद्ध महिला कुटीएकी छन् । बिरामी भएपछि हस्पिटल आएको मानिस एक्कासी काम्न थालेपछि बोक्सीको आरोपमा कुटाई खान परेको छ । एक बुढी आमा हस्पिटलको बेडमा काम्दै गर्दा अर्की अधबैंसे महिलाले उनलाई कपालमा समाएर बोक्सी भन्दै कुटेको भिडियो सामाजिक संजालमा छाएको छ । बुढी आमा कुटिरहदाँ अरु भने हेरेर बसेका छन् कोही सेल्फी त कोही भिडियो खिच्नमै व्यस्त देखिन्छन् ।