अनुप र प्रदिपको कुरा के हो ? प्रदिपले खुलस्त पारिदिए

पोखरा । लभ स्टोरी जनरामा बनेको चलचित्र लिलिबिलीको ट्रेलर सार्वजनीक भएको छ । चलचित्रको यस अघि २ गीत सार्वजनीक भैसकेका छन् । गीत र ट्रेलरको आधारमा भन्ने हो भने चलचित्र प्रति दर्शको त्यति ध्यान गएन् । मिलन चाम्सको लगातार फिल्मको वर्षा भईरहदा लिलिबिलिले कुन स्थान पाउनेहो हेर्न बाँकीनै छ ।
[youtube https://www.youtube.com/watch?v=GJ2bOJnZnhg]
चलचित्रमा प्रदिप र जसिताका अलवा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर अपेक्षा गरिएअनुसार निर्माण हुन सकेको छैन । चलचित्रलाई उत्कृष्ट लोकेशनमा खिचिएको छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको भेट, रोमान्स, प्रेम, अनुप विक्रमको अवरोध र विछोडलाई ट्रेलरमा प्राथमिकता दिइएको छ । ट्रेलरमा प्रयोग गरिएका संवाद दर्शकलाई छुने खालका खासै छैनन् ।