भगवान श्रीगणेशले सबैको कल्याण गरुन, फाल्गुन २२ मंगलबार ६ मार्चको राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल फाल्गुन २२ गते मंगलबार इश्वी सन २०१८ मार्च ६ तारीख चैत्र कृष्ण पक्ष पञ्चमी तिथी चन्द्रमा तुला राशिमा सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ ब्यापार ब्यवसाय सुरु गर्न उत्तम समय रहेकोछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । मान सम्मानमा सामान्य ठेस पुग्न सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तपाईको कार्यको श्रेय अन्य ब्यत्तिहरुलाई सहज रुपमा प्राप्त हुनेछ । यात्राका कारण अनाबश्यक खर्चको सम्भाबना रहेको छ । प्रतिस्पर्दा मुलक कार्यका क्षेत्रमा तथा सामाजिक कार्यमा तपाई अग्रता उत्तम साबित हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी कार्यमा भने सजग रहनु पर्ने समय रहेकोछ । ब्यापार ब्यवसायको क्षेत्र बाट मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य तनाबको स्थीति देखा पर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सबारी साधको प्रयोगमा साधारण समस्या उत्पन्न हुन सक्नेछ । पारीवारिक साथ सहयोग मार्फत नयाँ कार्य प्रारम्भको योग रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मानसम्मान प्राप्तीको सम्भाबना रहेकोछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बादबीवाद को झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । तपाईको बाणीकोगलत अर्थ लाग्न सक्छ बोल्दा होशपूर्याउनु होला । प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । सामान्य यात्राको योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक – राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु

मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । प्रेमी प्रेमीका बिचको सम्बन्धमा केहि सुधार आउने छ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । पतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सामान्य कार्यमा ज्यादा समय ब्यतित हुनसक्नेछ । परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । दाम्पत्य शुखमा सामान्य खराबि आउन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।