नेपालले बिश्व रेकर्ड राख्दा झमक बहादुर फिल्म टीमले गर्यो यस्तो महान कार्य

टुँडिखेलमा ७५ हजार भन्दा बढी नेपालीले एकसाथ बुद्धमन्त्र वाचन गरेर बिश्व रेकर्ड राख्ने कार्यक्रममा उपस्थित सबैलाई पानी बाढेर झमक बहादुर फिल्म टीमले सहयोग गरेको छ
आगामी जेष्ठ ११ गते देखि प्रदर्शनमा आउन लागेको झमक बहादुर फिल्मका निर्माता निर्देशक कलाकारहरुले इतिहास रच्ने कार्यक्रममा गर्मीमा तिर्खाले लामो समय बस्दा अप्ठारो नहोस भनेर उपस्थितलाई पानी पिलाएर सहयोग गरेको निर्देशक भोमन कटुवालले  बताए ।
विश्वभर बुद्ध भारतमा जन्मिएको भन्ने गलत सन्देश गएको भन्दै बुद्ध नेपालमा जन्मिएको सन्देश दिन राजधानीको टुँडीखेलमा शनिवार बिहान ११ बजे देखी बुद्ध मन्त्र वाचन कार्यक्रमको आयोजन गरिएको थियो।
यसै कार्यक्रममा झमकबहादुर फिल्मको युनिटले पानी बाढेर सहभागीता जनाएको छ। बिषेश गरी विभिन्न खालका सामाजिक कार्यक्रममा सहभागीता जनाउदै आएको झमकबहादुर फिल्म यती बेला निकै चर्चामा छ।


यो महान कार्य हो यस कार्यले हामीलाई गिनज बुक अफ ओल्ड रेकर्डमा नाम लेखाउन सफलता मिल्ने छ र बिश्व सामु बुद्ध नेपालमा नभई भारतमा जन्मिएका हुन भन्ने जुन भ्रम छ, भ्रम लाई सधैका लागी हटाएको छ फिल्मका निर्देशक भोमन कटुवाल बताउछन।  यसै गरी यसरी ७५००० भन्दा धेरै मानिसहरु सगै बसी बुद्ध मन्त्र वाचन गर्दाको अनुभब अहीले सम्मकै फरक रहेको कलाकार तथा नृत्य निर्देशक राजन महर्जन बताउ छन।