फरार नवराज सिलवाललाई बोलाएर सबै सांसद सामु केपि र प्रचण्डले के भने ? भिडियोमा हेर्नुहोस्

शनिबार नयाँ बनेश्वर संसद भवनमा दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रका संसदहरुलाई संयुक्त प्रशिक्षण दिईएको छ । नयाँ सांसदलाई संसदीय अभ्यास, बिधी र प्रक्रियाबारे प्रशिक्षण दिन गरिएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता एवं सुवास नेम्वाङले प्रशिक्षण दिएका थिए । कार्यक्रमको बिशेष आकर्षक भनेको फरार भनिएका नवराज सिलवार रहेका थिए । उनी सहजै रुपमा संसद भवन छिरे र आनन्दले प्रशिक्षण लिए । उनलाई रोक्न र पक्राउ गर्न गेटमा रहेका सुरक्षाकर्मीले कुनै चासो देखाएनन् । प्रहरीले खोजीको सूचिमा रहेका पूर्व डीआइजी एवं ललितपुर क्षेत्र नं.१ का सांसद नवराज सिलवाल बिहान १० बजेर ५५ मिनेटमा संसद भवनको प्रशिक्षण कक्षमा पुगेका थिए । प्रहरीले प्रक्राउ पुर्जी जारी गरेपनि उनलाई गेटमा खटिएका सुरक्षार्मीले ‘स्यालुट’ हानेर भित्र पठाए ।बिशेष पास भएका संचारकर्मीलाईमात्र प्रवेश दिएको उक्त कार्यक्रममा प्रधानमनन्त्री केपी ओली र प्रचण्ड के भने ? नवराज सिलवालको लागी के पहल भयो संसद भवनमा ? के आईतबार सफथ लिन आउलान् सिलवाल ?