मनकामना महिला समुह वेस्ट ब्रोम्विचको प्रथम अधिवेसन सम्पन्न

युके । मनकामना महिला समुह वेस्ट ब्रोम्विचको प्रथम अधिवेसन सम्पन्न भएको छ । यस अवसरमा सस्थाकि अध्यक्ष श्रीमती सिता खरेलको सभापतित्वमा, श्री छबिलाल थापा रेग्मी प्रमुख अथिति,एनआरएनए आईसीसी सहकोसादध्यक्ष श्री सोमनाथ सापकोटा अतिथि र सस्थाका सल्लाहकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि र सभापतिले दिप प्रज्लन गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।

ज्ञात अज्ञात सहिदप्रति १ मिनेट मौन धारण गरि राष्ट्र र राष्ट्रियताको सम्मानको लागि राष्ट्रिय गान गाई कार्यक्रम लाई अगाडी बढाइएको कार्यक्रममा सस्थाकी सचिब श्रीमती राधा खरेलले कार्यक्रमको संचांलन गर्नुभयो भने सस्थाकि उपाअध्यक्ष श्रीमती सिता पौडेलले स्वागत मन्तब्य दिनुभएको थियो र साथमा सवागत गीतले उपस्थ्थित सबैलाई सम्मान गरिएको थियो । सस्थामा आबद्ध महिला दिदीबैनी समाजसेबी एबम बुद्धिजीबी हरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा सस्थाकी सचिब श्रीमती राधा खरेलले सामाजिक र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई सुनिता तिवारी र सिता अर्याल खरेल को नृत्यले भरपूर मनोरंजन दिएको थियो भनेकार्यक्रममा श्री कृष्ण ढकाल, श्री काशिनाथ शर्मा, श्री सोमनाथ सापकोटा र श्री छबिलाल थापा रेग्मीले सुभकामना मन्तब्य दिनुभएको थियो र सस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभापति श्रीमती सिता खरेलले प्रगतिबिबरणको प्रस्तुति संगै सस्थालाई सहयोग गर्दै आएका सहयोगीहरु लाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो र कार्यसमिति बिघटन गर्नुभएको थियो । यसैगरि नया कार्यसमितीको घोषणाको लागि निर्वाचन मण्डलमा श्री काशिनाथ शर्मा र श्री लिला थापा ज्यूलाई जिम्मा दिइएको थियो ।

नया कार्यसमिति श्रीमती राधा खरेलको अध्यक्षतामा घोषणा भएको थियो भने सस्थाका सल्लाहकार रामप्रसाद न्यौपानेले नया कार्यसमितिलाई सुभकामना मन्तब्य दिनुभएको थियो । सस्थाकी वर्तमान अध्यक्ष श्रीमती राधा खरेलले मन्तब्यको क्रममा वर्तमान समितिलाई निवर्तमान समितिको पूर्ण सहयोग सुजाव र मार्गदर्सन निरन्तर रहिरहने कुरामा पुर्न विश्वास रहेको कुरा बताउनु भएको थियो भने उक्त कार्यक्रम बिहान ११ बजे सुरु भई दिउँसो २ बजे समापन गरिएको थियो ।