पारस शाह एक बिहानै किन पुगे पचली मन्दिर ? पारस निकै दुब्लो देखिए, हेर्नुहोस् भिडियो र तस्बिरहरु सहित

काठमाडौँ, १५ फागुन । पूर्व युवराज पारस शाहले मंगलबार बिहान टेकुस्थित पचली भैरवको मन्दिर पुगेका छन् । उनले त्यहाँ पुगेर पुजा समेत गरेका छन् । आफ्ना निकटतम् सहयोगीका साथ मन्दिर पुगेका पारस निकै दुब्लो देखिएका छन् । नेपालबाट राजतन्त्र हटेसँगै थाइल्याण्डमा बस्न थालेका विभिन्न घटनापछि अहिले नेपालमै बस्न थालेका छन् । उनी कहिलेकाँही मात्रै सार्वजनिक कार्यक्रमहरुमा देखिने गरेका छन् । पूर्व युवराज पारस शाहलाई बिहानै काठमाडौंको टेकुमा रहेको पचली भैरवमा देख्नेहरु छक्क परे । उनलाई देखेर भन्दा पनि उनको शरिर देखेर छक्क परेका हुन् । मोटाघाटा पारस दुब्लाएर चिन्न नसक्ने जस्तो देखिएका थिए । टोपी र दौरा सुरुवालसहितको पहिरनमा उहाँले पचली भैरवमा पूजा गर्नुभएको हो ।
काठमाडौं १२ वडाका राष्ट्रवादी समूहको आयोजनामा पारसलाई टेकुमा रहेको पचली भैरवमा पूजाका लागि निमन्त्रणा गरिएको थियो । बिहान ११ बजेपछि आएका पारसलाई मन्दिर परिसरमा रातो कार्पेट बिछ्याई, पन्चेबाजा बजाई स्वागत गरिएको थियो। ।

उहाँका समर्थकहरुले पारस आऊ देश बचाऊको नारा लगाएका थिए । समर्थकहरुले राजदण्ड र पारसको फोटोसहितको ब्याच बनाएर बाँडेका थिए । यसअघि माघ १६ गते पारस शाह पशुपति मन्दिरमा पूजाआजाका लागि गएका थिए ।

पूर्व युवराज पारस शाह वीर बिक्रम शाह देव सरकारबाट आज २०७४ फागुन १५ गते विहान ११:३0 बजे काठमाडौं नेवा: समाजको आयोजनामा टेकु स्थित श्री #पचलीभैरवनाथ मन्दिरमा सवारी होइबक्सि राष्ट्रमा दीगो शान्ति र स्थायित्व साथै नेपाली जनताको सुख शान्ति र समृद्धीको कामना गरिबक्सँदै करिब ३० मिनेट विशेष पूजा दर्शन गरिबक्स्यो।यसैगरी आयोजक नेवा: समितिले ४ वर्ष अघि २०७० फाल्गुनमा युवराजाधिराज पारस वीर बिक्रम शाह देव सरकारको स्वास्थ्य लाभको कामना गर्दै गरिएको संकल्प भाकलको पनि पुजा सम्पन्न भएको छ। उक्त अवसरमा स्थानीय जनसमुदाय तथा उपस्थित उल्लेखनीय शुभेच्छुक सर्वसाधारण बाट बाजागाजासहित मौसूफ युवराजाधिराज पारस सरकारको भव्य स्वागत दर्शन गरेका थिए।
राजा प्रजामा मिलन एकता सहकार्य भै सबैको कल्याण भलो जयजयजय होस्।।
✡शिशिर तिवारी✡
जय मुलुक!! जय राजमुकुट!!

(नेपालीटुल र शिशिर तिवारीक सहयोगमा)