सिरिया घटनाको यो हो बास्तविकता, नेपालबाट जति कराएपनि केही हुनेवाला छैन (भिडियो)

हिजोआज बिश्वको ध्यान सिरियामा छ । सामाजिक संजालमा यस्को तिब्र बिरोध भईरहको छ । सिरियामा जारी बमबारी र नरसंहारको विरोध गर्दे बिभिन्न मानवअधिकारवादी संघसंस्थाले सोमबार काठमाडौमा विरोध प्रर्दशन गरेका छन् ।
काठमाडौको माईतिघरमा भेला भएका उनीहरुले सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न पहल गर्नुपर्ने जनाएका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न र सिरियामा स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह गर्नुपर्ने उनीहरुको भनाई छ । तर नेपाल जस्तो देशबाट जति कराए पनि सुनुवाई नुहुने देखिन्छ । यसको लागी सिरियाको इतिहास थाहा पाउन जरुरी छ । किन सिरिया गृहयुद्धमा फस्यो ? हेरौं सिरियाको वास्तविक पीडा यस्तो छ ।