फेरी काठमाण्डौमा भिषण आगोलागी !हेर्नुहोस लाइभ भिडियोमा देखियो यस्तो अबस्था

काठमाडौंको पुतली सडकस्थित सेयर मार्केट कम्प्लेक्सको पाँचौ तलामा रहेको एनआइइसी कन्सल्टेन्सीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

खाना बनाउने क्रममा ग्याँस लिक भएर आगो लागेको प्रहरीले जनाएको छ ।

आगोबाट कुनै पनि मानवीय क्षति नभएको त्यहाँका कर्मचारी कविन्द्र ढौबञ्जारले जानकारी दिए । उनले भने, ‘ग्याँस लिक हुन थालेपछि सबै भागाभाग गर्न थाले । केही छिनमा नै ग्याँस सिलिण्डर पड्केर आगो फैलिएको थियो ।’