एक बिहानै किन प्रधानमन्त्री ओलीलाई यस्तो पत्रमा यति सम्म लेखे हास्यकलाकार जिग्रीले ?पुरा पढ्नुहोस

सम्मानानीय प्रधानमन्त्री केपी शर्मा ओलिज्यु
हजुरलाई बिशेष अनुरोध,
हजुरमा साच्चै अब यो देश बनाउने इच्छाशक्ती र हिम्मत छ भने
कृपया यो देशको लागी सिन्को नभाची केवल नाम लेखाउनको लागी मात्र प्रधानमन्त्री भएका सम्मानानीय हरुको फोटो बालुवाटार को भित्ताबाट हटाएर
यो देशमा लोकतन्त्र गणतन्त्र ल्याउन सदाहत प्राप्तगर्नु हुने वीर सहिदहरुको फोटो, कर्णालिमा कुपोषणका कारण सुकेनाशले ग्रसित बालबालिकाको फोटो,
अन्न अभाव र स्वास्थ्य अभावमा रहनु भएका गरीब जनताहरुको फोटो,
काठमाण्डौको जाम र मास्क लगाएर हिडिरहेका जनताको फोटो, बिदेशिको भुमिमा रगत पसिना बगाई रहेका जनताहरुको फोटो, राजमार्गमा जताततै खाल्डा परेको फोटो, सगरमाथा र लुम्बिनिको फोटो, मधेशको जमिनमा धान गहु फलिरहेको फोटो, क्रीकेट र फुटबल खेलाडिहरुको फोटो, काठमाण्डौका आकाशे पुल माथी बसेर रमिता हेर्ने बेरोजगारहरुको फोटो राख्नुस
ताकी हजुर साझ बिहान बालुवाटारबाट निस्कदा र छिर्दा पुर्व प्रधानमन्त्री हरुको फोटो हेरेर हिनताबोध हैन कि यि फोटो हरु देखेर यो सुन्दर देश नेपाल बनाउनको लागी भित्रैदेखी उर्जा मिलिरहोस !!