आँशु झार्न दिन्न भन्दा खेरि मोडलकै आखा यसरी चिम्लिय पछी (पन्चे बाजा गित)

युके, प्रवासमा रहेर पनि देशको कला संस्कृतिप्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो । प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्याे सम्मानयोग्य रहन्छ । आजकल र्‍याप, पप र आधुनिक गीत,संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो । लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन । नेपालमा विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” भन्ने पन्चेबाजा गित युटुब मार्फत सार्बजनिक गरिएको छ।
उक्त भिडियोमा विष्णु परियारको शब्द र सगित रहेको छ भनि चर्चित मोडल अञ्जली अधिकारी र प्रेम रेग्मीको निकै उत्कृष्ट अभिनय रहेको देखिन्छ । काजिश श्रेष्ठको निर्देशन बनेको यो भिडियो अजय रेग्मी को छायाँकन तथा रमीत वलीले सम्पादन गरेका छन ।

हेरौ अहिले लाइ यो उक्त भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.