प्रहरी रहस्य ः भारतमा पक्राउ परेका भनिएका मनोज पुन कसरी इन्काउन्टरमा मारिए ? (भिडियो)

हिजो गुण्डा नाइके मनोज पुन भारतमा पक्राउ परेको समाचारहरु सबैतिर फैलिएका थिए । प्रहरीको अथक प्रयासका बाबाजुत उनी भारतबाट पक्राउ परेको समाचार पढेको २४ घण्टा नबित्दै इन्काउण्टरमा मारिएको समाचार आएको छ । भनिएको छ, प्रहरीको खोजी सूचीमा रहेका गुण्डा नाइके मनोज पुनको इन्काउन्टर युवा संघका नेता दुर्गा तिवारीलाई पुनले पहिलो पटक हत्या प्रयास गरेकै ठाउँमा भएको छ । रुपन्देहीको देवदहस्थित प्रतापपुर भन्ने स्थानमा प्रहरीले राती करिब ३ बजेतिर इन्काउन्टर गरेको हो ।
रुपन्देहीको दवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमणमा परी भाग्न खोज्दा गोली चलाएको र घाइते पुनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । गुण्डा नाइके पुनको युवा संघका नेता दुर्गा तिवारीका अलावा व्यवसायी शरदकुमार गौचन, बसन्त पौडेललगायतको हत्यामा संलग्नता रहेको थियो ।