गीतकार गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको ” कहा बज्यो मुरली” बोलको गीत

चर्चित तथा आधुनिक सङीतका गहकिला गीतकार गोविन्दप्रसाद उपाध्यायको शब्द रहेको ” कहा बज्यो मुरली” बोलको गीत आज भर्खरै युटुब बाट अडियो र विडियो दुबै बजारमा आएको छ। यस गीतमा सङित र सङित सम्योजन युवा गायक , सङीतकार तथा सङित सम्योजक मानसी किरन को छ भने गायन निकै प्रतिभा बोकेका नव गायक रन कुमार लामाको रहेको छ। रोमियो गुरुङ र वहाको समुहले बनाएको बिडियो पनी राम्रो बनेको छ।

गीत कस्तो बनेको छ त भन्ने हाम्रो प्र्श्नमा गीतकार उपाध्याय भन्नुहुन्छ मैले शब्द चयन गर्दा खासगरी लोक शब्दलाई प्राथमिकतामा राखेर गीत लेखेको छु। गायक भाई निकै प्रतिभा बोकेको हुनुहुन्छ वहाको स्वरमा जादु छ।। दर्शक स्रोताले निस्चय वहाको क्षमतालाई प्रोत्साहन दिनु हुने छ भन्ने मलाई बिस्वास छ।

गायक लामाको आफ्नो पहिलो साङितिक एल्बममा यो गीत समेटिने कुराको जानकारी गायकले हामीलाई जानकारी गराउनु भयो। २०७५ साल बैशाखमा एल्बम बजारमा ल्याउने जानकारी पनी दिनु भयो।

स्रोतादर्शक हरुको माया, उत्प्रेरणा नै सङीतको ठुलो अवार्डको रुपमा लिने उपाध्याय स्रोतादर्शकहरुलेदिने अवार्ड को सधै भोको रहेको, र त्यहीनै साङितिक् अवार्ड हो भन्नु हुन्छ ।

‘खासगरी म मानव जीवनका भोगाइहरु शब्दमा उतार्न चाहन्छु, दिलबाट लेखेको गीत दिलले नै मन पराउँछ’ उनले भने । गीतकार उपाध्याय बर्तमान नेपाली गीत संगीतको क्षेत्रमा चर्चित गीतकार हुन् ।

गीतकार उपाध्याय गीतकार संघ नेपालको” पुर्व कोषाध्यक्ष (Tresurer) तथा आजिवन सदस्य पनि हुनुहुन्छ। थुप्रै एल्बम र चलचित्रमा गीत लेखन ब्यस्त उपाध्याय गीत सङीत लाई अन्तिम समय सम्म निरन्तरता दिने सोचमा हुनुहुन्छ।

नेपाली गीत सङीतमा कपिराईटलाई अती आवस्यकरुपमा लागु गर्नुपर्ने कुरामा वहा जोड दिनुहुन्छ र भन्नु हुन्छ सम्बन्धित निकायले यस्तो कुरामा ध्यान दिएर आवश्यक नियम कानुन बनाई बेलैमा लागु गर्दा राम्रो हुन्छ ।