प्र. म. भएको ३ दिनमै ओली दाहाल बैठक मेडिकल माफियाको(?) भान्सामा ?

सरगम भट्टराई,
एमाले र माओवादी केन्द्रका करोडौँका आफ्नै पार्टी अफिस छन्, प्रधानमन्त्री कार्यालयमै बैठक गर्न पनि सकिन्थ्यो, त्यो मात्रले नभए सुबिधा सम्पन्न होटल रिसोर्टहरु छन्। करोडौँ मूल्य पर्ने सुबिधा सम्पन्न निवास पनि यिनकै छन्, यिनका नेताहरु पनि करोड़पति भन्दा तलका केहि मात्र छन् तर यिनीहरुको पार्टी एकता सम्बन्धि बैठक बस्यो मेडिकल ब्यवसायी दुर्गा प्रसाईको निवासमा।

दुर्गा प्रसाई तिनै ब्यक्ति हुन जसले झापामा बि एण्ड सी मेडिकल कलेज चलाएका छन्। उपत्यकामा अर्को मेडिकल कलेज खोल्न नपाएको झोंकमा डा. गोविन्द के.सी.लाई उल्टै मेडिकल माफ़िया भनेर आरोप लगाउने यिनै थिए, डा. के.सी.लाई अत्यन्तै क्षुद्र र असभ्य भाषा प्रयोग गर्ने पनि यिनै हुन्।

हाम्रो देशका धेरै जसो सर्वशक्तिमान ब्यक्ति र संस्थाले यस्ता ठेकेदार र ब्यापारीहरु संग बसेर बर्गेल्ती बैठक र सभा आयोजना गरिरहेका छन्। यो पोसिलो खाना खुवाएको मूल्य भन्दा करोडौ गुना मूल्य जनताले तिनुपर्ने हुनेछ किनकी ब्यापारीहरु कसैलाई सित्तैमा खाना खुवाउँदैनन्। केहि दिन भित्रै मनपरि रुपमा भूत बंगलाहरुलाई समेत मेडिकल कलेज खोल्ने अनुमति दिईएछ भने पनि आश्चर्य नमाने हुने भयो !

एउटा ब्यक्तिले देशका सर्बशक्तिमान प्रधानमन्त्रीलाई समेत प्रभावमा कसरी पार्न सक्ने रहेछन् भन्ने पछिल्लो नमूना हो यो। प्रधानमन्त्री जस्ता मान्छेलाई तीन दिन भित्रै प्रभावित पारेर घरका पाहुना बनाउन सक्ने यिनको हैसियत पनि मान्नै पर्छ।

गोबिन्द के.सी.को आन्दोलन किन तेह्रौ पटक सम्म तुहाईयो भन्नेलाई यहि फोटो पर्याप्त छ।

जय झोँकतन्त्र !

हैन सुध्रने छाँट त छैन त !