अन्तर्राष्ट्रिय प्रेम दिवस को उपलक्ष्यमा दर्शन नेपाल युनिटको आयोजना मा फरक शैलीमा मनाउन प्रेम दिवस कार्यक्रम मनाउन सफल |

काठमाडौँ : अन्तर्राष्ट्रिय प्रेम दिवस को उपलक्ष्यमा दर्शन नेपाल युनिटको आयोजना मा फरक शैलीमा मनाउन प्रेम दिवस कार्यक्रम मनाउन सफल।हालको समयमा नेपालमा प्रेम दिवस लाई विभिन्न नकारात्मक सोचले हेर्ने गरिएको छ।भए गरेका बिकृतीहरुलाई सुधार गर्नु पर्छ भनी हामीले प्रेमी प्रेमिका माया होईन अशक्त बृद्द बुवाआमा हरु सङ्ग माया सद्द्भाब साटासाट गरेर मनाउने भनी देबघाट धाम तनहुँमा रहेको देबघाट समाज कल्याण केन्द्र बृद्दाश्रम मा दर्शन नेपाल युनिट केन्द्रीय कार्यालय धादिङ कि अध्यक्ष देबकी पौडेल को अध्यक्षता,देबघाट क्षेत्र बिकास समिति का अध्यक्ष टंक नाथ पौडेल ज्यु को आतिथ्य ,पत्रकार ,वे ग्रुप चितवन ,सोसियल युथ ग्रुप ,हाम्रो सेल्फि ग्रुप तथा चितवन ,नवलपुर,धादिङ , सल्यान का साथीहरू को सहभागीता मा भोजन ग्रहण ,फलफूल बितरण तथा सम्मान कार्यक्रम सप्पन्न गरियो।

सो कार्यक्रमलाई विशेष सहयोग गरिदिनु हुने:-
शेखर नाथ खरेल(स्पेन),बिमल श्रेष्ठ (जापान),पुकार गौतम (जापान),रोशन बास्तोला+प्रेम ओलि (सिन्धुपाल्चोक ,सल्यान),गौतम गुप्ता(पाउरोटी उधोग),दुर्गा तिमल्सिना(सर्लाही),यमुना आचार्य(नवलपुर) सम्पुर्णलाई हृदयी धन्यवाद तथा उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।

-दर्शन नेपाल युनिट परिवार ।