नरोउ श्वेता ! भक्कानीएर आँशु थाम्न सकिनन् श्वेताले

‘कोहिनूर’पछि ‘कान्छी’ बनेर दर्शकमाझ आएकी नायिका तथा निर्मात्री श्वेता खड्कालाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन, शुक्रबार आकाश अधिकारी निर्देशित ‘कान्छी’ले ८० प्रतिशत माथिको अकुपेन्सी कायम गरेको हलवालाले जानकारी दिएका छन् । फिल्मले शुक्रबार गरेको यो व्यापार निकै राम्रो हो ।
‘खासमा यो नसोचेको अकुपेन्सी हो’, मल्टिप्लेक्सका एक हल म्यानेजरले भने, ‘आइतबारदेखि कान्छीको शो बढ्छ । दर्शक प्रतिक्रिया पनि राम्रो छ ।’ राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा लगायत हलरुमा दर्शकको चाप हाउसफूल रहेको वितरक गोपालकाजी कायस्थले जानकारी दिए । राजधानी बाहिर पनि ‘कान्छी’मा दर्शकको उपस्थिति उच्च रहेको निर्देशक अधिकारीको भनाई । विशेष शोको भिडियो हेर्नुस् :
[youtube https://www.youtube.com/watch?v=KqUOJGrIqis]