पत्रकारले भल्गर क्यारेक्टर भनेपछि केकीको यस्तो जवाफ, हुर्रे फिल्मबारे राजारामले गरे खुलासा (भिडियो)

फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’को टिम प्रोमोशनको लागी पोखरामा छ । दावा शेर्पाको निर्माण तथा यम थापाको लेखन र निर्देशनमा बनेको फिल्मका मुख्य कलाकारहरु प्रचार प्रसारको लागी देश दौडाहमा निस्किएका छन् । पोखराबाट प्रचार प्रसारको सुरुवात गरेको टिमले पत्रकार सम्मेलन मार्फत फिल्मको बिषबस्तुको बारेमा प्रष्टाएको थियो । राजाराम पौडेल, केकी अधिकारी, अनुपबिक्रम शाही, अंकित खड्काको फिल्ममा मुख्य भुमीका छ । कार्यक्रममा केकी अधिकारीले आफ्नो रोल दोहोरो चरीत्रको भएको बताईन् । यता पनि ठिकै उता पनि ठिकै हुने खालको रहेको बताईन् । भल्गर टाइपको हो भन्ने पत्रकारको जिज्ञासामा उनले त्यसलाई भल्गर भन्न नमिल्ने सेन्टिमेन्ट कमेडि भएको बताएकी छन् । अर्का कलाकार राजारााम पौडेलले भने अरु कमेडी फिल्म भन्दा छुटै फरक खालको रहेको बताए । धेरै दृश्य पशुपती क्षेत्रमा छायंकन गरिएको फिल्म आउँदो फागुन २५ (९ मार्च) देखी देशभरका हलहरुमा लाग्ने छ ।
[youtube https://www.youtube.com/watch?v=W99ZxVB4xMo&w=700&h=480]