सेन्ट जेभियर्स कलेजकी विद्यार्थी शिक्षा शिवाकोटीको कविता! यिनको भविष्य कति उज्यालो छ ! मन छुने भिडियो

कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ। आज शिक्षा शिवाकोटी को ”म त तिम्री आमा हुँ” शब्द कविता बाचन र उनको रचनाले हामी सबैलाई भाबुक बनाएको छ | सामाजिक दायित्व सम्पादन गर्ने आमाको बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहरा प्रर्दान गरि समाजका लागि योग्दान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई निभाउन कुनै आमा पनि चुक्नु हुदैन। शिक्षा शिवाकोटीको यो आमा ‘शब्द’ कविताले कस्तो संदेश दिन्छ हेरौ भिडियोमा उनकै रचना र उनकै बाचनमा |

सेन्ट जेभियर्स कलेजद्वारा आयोजित “प्रवाह” कविगोष्ठीको भव्यता प्रशंसनीय लाग्यो । प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्य, मलगायत नवराज पराजुली, सुदेश सत्याल र सङ्गीता थापाका ३ देखि ५ वटासम्म कविताहरुको प्रस्तुति । कलेजका सातजना युवा कविहरुका जीवन्त कविता प्रस्तुत, शिक्षा शिवाकोटी, निश्चल बिसी र साइमन घिमिरेका कविताको स्तर वर्तमान सिर्जनाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने । ६०० भन्दा बढी श्रोता विद्यार्थीहरु तर आवाजविहीन परिवेश, हरेक अतिथि उठ्दा सबै उठ्ने, एउटा कविताको प्रस्तुतिपछि सबैले उठेर ताली बजाउने, कविहरुले बस्न इसारा नगरुन्जेल नबस्ने ! अचम्म लाग्दो अनुशासित वातावरण ! यस्तो ऐतिहासिक कार्यक्रमको आयोजनाका लागि सेन्ट जेभियर्स कलेजपरिवारलाई र निमन्त्रणाका लागि खेम प्रसाईं सरलाई हार्दिक धन्यवाद ! देवी नेपाल