अनमोल केसीलाई बाल कलाकार भन्ने बन्जाडेको हुन् ? अनमोलका लेडिज फ्यानले आक्रोश पोखे ? (भिडियो)

पछिल्लो पटक चर्चाको बिषय बनेको छ, फिल्म कृ । अनमोल केसीको प्रतिक्षारत फिल्म हो हाल देशभरीका हलमा चलिरहेको छ । भारतीय सुपरस्टर अक्षयकुमारको प्याडम्यानसंग जुधिरहेको कृ आफैमा राम्रो चलचित्र हो भन्नेहरु थुप्रै छन् । धेरै दर्शकले फिल्म राम्रो भएको बताईरहदा केही व्यक्तिले भने कृ लाई नराम्रो रुपमा लिएका छन् ।
चर्चित पत्रकार लेलिन बन्जाडेले कृ झुर फिल्म भएको र आफू फिल्म चल्दा चल्दै हल बाहिर निस्कीएको प्रतिकृया दिएका छन् । कतिपयले कृ फिल्म साउथ इण्डियन फिल्म भन्दा कम नभएको बताउँदा बन्जाडेले किन त्यस्तो भने ? के कृ नभन्दै त्यस्तै झुर छ त ? उनको स्टाटसले आक्रान्त बनेका उनका फ्यानले बन्जाडेलाई गालि गलौज समेत गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=5gtamaOgwj8&w=640&h=360]