‘भ्यालेन्टाइन डे’ का केही रोचक तथ्य

पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यो प्रणय दिवस सँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरु पनि छन् । कतिपय तथ्यहरु हामीले नसुनेका पनि हुनसक्छौँ र सुन्दमै रोचक लाग्दछ ।

तपाइँलाई थाहा छैन होला, नाटककार शेक्सपियरको चर्चित लभस्टोरी रोमियो एण्ड जुलिएटकी नायिका जुलियटको घरमा हरेक वर्ष भ्यालेन्टाइन डे को दिन हजरौँ चिठीहरु पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनिया भरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरु आउँदछन् । ‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु हेर्नुहोस तपाईलाई थाहा नभएका कुरा यस्ता छन् ।