बेहुली झै हाकुपटासीमा सजिएर हिमानी शाह पुगिन् बटुक भैरब मन्दिर

पुर्व युवराज्ञी हिमानी शाहले लगनखेलस्थित बटुक भैरब मन्दिरमा पूजाआजा गरेकी छन्। शनिबार दिउँसो डेढ बजे बेहुली झै सजिएर लगनखेलस्थित बटुक मन्दिर पुगेकी उनले झन्डै एक घन्टा दसमहाविद्याको पूर्ण आहुती पूजाआजा गरेकी हुन्।

अक्सर भिड रहने बटुक भैरव मन्दिर परिसर हिमानी शाह आउने खबर पाएपछि पुर्व राजपरिवारका समर्थकका कारण भिडभाड बनेकाे थियो। परम्परागत पोशाकमा मन्दिर परिसरमा पुगेकी हिमानीलाई पूजाको समाप्ति पश्चात पूजारीबाट प्रसाद ग्रहण गरेकी थिइन् ।

पुर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी ललितपुर (लगनखेल) स्थित बटुक भैरबमा पुजा अर्चना गरिबक्सेको थियो। दुर्लभ दशमहाविद्या दर्शन पूजा आयोजक समितिबाट आयोजित हुने यस पुजामा हिमानी शाह बाट पुर्ण आहुति गरिबक्सने कार्यक्रम रहेको थियो। तेसै क्रममा स्थानीय बासी र समर्थकहरुको उल्लेखनीय उपस्थिति थियो कार्यक्रमको केही दृश्यहरु