उत्कृष्ट खेल सँगै मिठो स्वर भएका सन्दीप लामिछाने आइ पि एलमा छनोट पस्चात पहिलो पटक मिडियामा (भिडियो सहित)

उत्कृष्ट खेल सँगै मिठो स्वर भएका सन्दीप लामिछाने आइ पि एलमा छनोट पस्चात पहिलो पटक मिडियामा

केहि समय अघिदेखि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको नाम यस वर्षको आइपिएलमा रहेको खबरले नेपाली क्रिकेट प्रेमीहरुमा एक किसिमको उत्साह रहेको थियो र आज भएको खेलाडीको अक्सनमा दिल्लीले सन्दीपलार्इ २० लाखको बोलि लगाएर आफ्नो टिममा स्थान दिएको छ ।

युवा स्पिनर लामिछाने यसअघि अस्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कको टिममा अस्ट्रेलियामा केहि समय क्रिकेट खेलिसकेका छन् । यस्तोमा आइपिएलमा स्थान पाउन सक्नु सन्दीपको लागि आफ्नो खेल सुधार्न र क्रिकेटको यस महाकुम्भमा विश्व सामु आफ्नो खेल देखाउन एउटा सुनौलो अवसर हुनेछ ।

दिल्लीको यस वर्ष कोच रहेका रिक्की पोंटिंग, माइकल क्लार्कसंग लामो समय क्रिकेट खेलेका हुन्, यस्तोमा पोंटिंगले क्लार्कको प्रिय बनिसकेका सन्दीप लामिछानेलार्इ नजिकबाट चिन्ने अवसर प्राप्त गरेको हुनसक्छ । हुन त अमित मिश्रा र शाह्बाज नदीम जस्तो घरेलु स्पिनर रहेको टिममा सन्दीपले आफुलाई प्रस्तुत गर्न कति मौका पाउनेछन्, यो भने अप्रिलमा सुरु हुने खेलहरुले नै बताउनेछन् ।[youtube https://www.youtube.com/watch?v=wHJtp5ibrIg&w=560&h=315]