बिमाकुमारी दुराले रेकडिङमा गाउदा गाउदै रोएको गीत : सुर्य खड्का जापान (भिडियो सहित)

युके,
जापानमा रहेर पनि गीत संगीतमा अत्यन्तै क्रियाशील गायक तथा सर्जक सुर्य खड्काको फेरी सबैको मन छुने गीत सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रका लागि इतिहास जोगाउन सधै अग्रसर गायक मानिन्छन सुर्य खड्का। धेरै कलाकार प्रवासमा पुगेर गीत संगीतबाट सन्यास लिन्छन तर सुर्य खड्का आफ्नो कमाईको आधा हिस्सा गीत संगीतमै व्यतित गर्छन।सोहि क्रममा युगलाइ बचाई राखेकी बहुचर्चित गायिका बिमा कुमारी दुरा र सुर्य खड्काको सुमधुर आवाजमा सुर्य खड्काको मार्मिक लोकदोहोरी गीत “रिबन कसैमा”बजारमा आएको छ।शिब अखेलिको शब्द र राजेन्द्र सापकोटा को लय सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल सारिका केसी र सुर्य खड्काकै रहेको छ।सिर्जन बरालको निर्देशन रहेको उक्त गीतलाई जनता डिजिटलले बजार ब्यबस्थापन गरेको हो ।गीत सुर्य खड्काकै युटुब मार्फत बजारमा आएको हो ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
गीतको पुर्ण सफलताको कामना सहित गीतको म्युजिक भिडियो यहाँहरुको लागी