जनार्दन शर्माको गीत प्रचण्डकी नातीनीले गाएपछि (भिडियो सहित )

काठमाडौं,

गायक नविन खड्का र प्रचण्डकी नातीनी गायीका स्मीता दाहालको स्वरमा ‘नेपालको पानी जनताको लगानी’ नामक गीत सार्बजानिक भएको छ ।

यूएई मा छायाङ्कन् गरिएको उक्त भिडियो जन प्रगतिशिल मञ्च यु.ए.ई, अन्र्तगत प्रगतिशिल कलाकार संघ यूएईका कलाकारहरुको नृत्य प्रश्तुत रहेको छ भने अभिनय युवा सामाजसेवि ओम उप्रेती, अनिस तामाङ, अन्जुली लोप्चन, बाबुराम विश्वकर्म, शम्भु वाईबाको रहेको छ । सो म्युजिक भीडियोमा नृत्य निर्देशक राजेश लामाले गरेका हुन् भने सम्पादन दिपक विष्टले र छायाङकन गगन वि.क ले गरेका छन् ।

युएईको दुबईमा छायाङकन गरिएको नेपालको पानी जनताको लगानी बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । पूर्व उर्जा तथा गृह मन्त्रि जनार्दन शर्मा (प्रभाकर) को परिकल्पनालाई गायक खड्काले गितमा उनेर बजारमा ल्यायका हुन । कार्यक्रमका लागि यूएई पुगेका गायक खड्कालाई प्रगतिशिल कलाकार संघ यूएईको प्रस्तुतीमा बजारमा आएको हो ।

हेर्नुहोस् भिडियो