मुग्लिन नारायणगढ बाटोमा जाम नपर्ने समय कुन हो ? हेर्नुहोस् यो भिडियो

पछिल्लो समय मुग्लिन नारायणगढ सडक मर्मत सम्भारको क्रममा रहेकाले अबदेखी ६ घण्टा बाटो दिउँसोको समयमा बन्द भईरहेको छ । रातीको समयमा मात्र सवारी साधन रोकेर बाटो निर्माण गर्न लागिएको भएपनि कामले तिब्रता ल्याउन नसकेकापछि अब दिनको १० बजेबाट ४ बजे सम्म ६ घण्टाको लागी सवारी साधन रोकेर सडक निर्माण कार्य भईरहको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ । नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ । काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ । पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने भएका छन् । थप भिडियो बाट हेरौं
[youtube https://www.youtube.com/watch?v=yEhMmrVLpUg&w=640&h=360]