भाइरल भैदियोको फेरी अर्को कभर भिडियो बन्यो (भिडियो सहित )

गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षिया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ ।स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ‘बिस्ट’ले तयार पारेका छन् ।

सबिनको लोभलाग्दो नृत्यसँगै उनि आँफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् ।धादिङ्की आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय शुरु गरेकी हुन् ।यस गीतका धेरै कभर भिडियोहरु बनिसकेका छन् । त्यस्तै पुन एक टिम बाट अत्यन्तै उत्कृस्ट भिडियोको निर्माण भएको छ । तल भिडियो हेरी राम्रो लागेमा सेयर गरेर सहयोग गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=QAT_OwJ8eOU]