२१- म र उनी ( कविता ) धर्मानन्द भट्ट

म जन्मेंको हुँ पवित्र भूमि लेकम ठाउँमा
सुन्दर अनि देव र देवी भएको गाउँमा ।।

दार्चुला जिल्ला भनेर चिन्छन् सबैले यो भूमि
चौलानी नदी बग्दछ त्यहाँ सर्पलेझैं घुमी ।।

ढाकारा गाउँ साह्रै नै राम्रो लाग्दछ मलाई
जौंजौं नै लाग्छ त्यो भूमि छोड्दा मन नै पलाई ।।

त्यहीं हो मैले लिएको शिक्षा कखग वर्णको
मलाई लाग्छ साह्रै नै राम्रो धातुमा स्वर्ण जो ।।

लडी र पडी दिन लौ बिते थाहा नै नपाई
सानो म छँदा काट्दथें दिन हाँसेर र गाई ।।

हुर्कदै जाँदा बाबाले भने लौ छोरो ठूलो भो
बुहारी खोजौं खान्दान घर्की छ सबै गुणी जो ।।

अब त हामी बुहारी खोजी त्यो ठाउँ हो भर्ने
लौ छोरा अब तिमीले विहे गर्ने कि नगर्ने ?

गरौं ल भन्दा घरमा थियो त्यो दिन हर्षको
म त्यतिबेला पुगेको थिएँ सत्र नै वर्षको ।।

अठ्ठाईस गते महिना जेठ बैसठ्ठी सालमा
सरस्वतीसँग अनि म परें विवाह जालमा ।।

बाबाले भनेजस्तै थी ज्ञानी म पनि उस्तै थें
घरका सबै माइती पनि खुशी र मस्तै रे ।।
१०
ईश्वरले हो लगन हाम्रो त्यो दिन जुराको
बलियो निकै त्यो जाल थियो दुवैका कुराको ।।
११
सरस्वतीले मसँग निकै माया नै देखाइन्
पैंसठ्ठी साल घरमा नाम पुष्पाको लेखाइन् ।।
१२
त्यो दिन गते एघार थियो महिना बैशाख
सबैले भन्थे यो छोरीलाई मुटुमाथि राख ।।
१३
जन्मेकी दुई गते थी छोरी दुवैको मायाले
बाबा र आमा खुशी म देख्थें खाया र लायाले ।।
१४
समय यस्तै बगी नै रह्यो म रोक्न काँ सक्थें
मसँगै उनी बग्दै नै जान्थे म मनले जाँ लग्थें ।।
१५
जीवन हाम्रो सधैं छ खुशी अझैं त्यो रहन्छ
खुशी नै रहोस् उमङ्ग पनि ईश्वर कहन्छ ।।
१६
ईश्वरले नै दियो लौ फेरि हामीलाई शान्ति
त्यो शान्तिले नै घरमा हाम्रो ल्याओस नि कान्ति ।।
१७
म कसैसित क्यै कुराको नि गुनासो गर्दैनँ
पवित्र भनी जोडेको हाम्रो आत्मा यो मर्दैन ।।
१८
जीवन यस्तै हो जस्तो लाग्छ आउने र जाने
अरुको देखी केही त हुन्न भाग्यकै हो खाने ।।
१९
जागिर पेशा नभए पनि खुशी छ मन त
मलाई लाग्छ ठूलो हो खुशी क्यै हैन धन त ।।
२०
सोचेको कुरा पाइने भए नमरूँ म भन्थें
सधैं नै म त नमर्ने भए मनकै चाहन्थें ।।
२१
जन्म र मृत्यु सत्य हो हेर अचम्म नमान
अमर उनै ईश्वर जुन हुन् भनेर जान ।।
२२
म र ऊ सधैं जीवनभरि सङ्सँगै हाँस्नेछौं
हातमा हात जोडेर काँध सङ्सँगै बाँच्नेछौं ।।
२३
बाबाको अनि आमाको सान हुनेछौं लौ हामी
सबैले बन्नुपर्छ नै हेर संसारमा दामी ।।
२४
जीवन हाम्रो पवित्र सधैं थियो,छ,हुनेछ
सगरमाथा विश्वको अग्लो त्यो शिर छुनेछ ।।
२५

२०७४/०२/२६ गते
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला ।
कविता शीर्षक : दिन्नौं बन्धकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.