नेपालका ख्यातिप्राप्त कलाकार सुनिल थापाले उनका छोरालाइ उज्ज्वल भविस्य बनाओस भन्ने उदेश्यले अमेरिकामा पढाए : सत्य कथा

ऋजना आचार्य आफ्नो फेसबुक स्टाटसमा लेख्नु हुन्छ : 

सत्य कथा

नेपालका ख्यातिप्राप्त कलाकार सुनिल थापाले उनका छोरालाइ उज्ज्वल भविस्य बनाओस भन्ने उदेश्यले अमेरिकामा पढाए। नभन्दै उनका छोरा युनिभर्सिटी क्लियर पनि गरे। अब उनले अमेरिका तिरै बिजनेस गर्ने सोंच बनाए।

उनले त्यहीँ बिजनेस गर्ने शिलसिलामा सिन्धुपाल्चोकका एउटा अत्यन्तै बिकट ठाउँमा बस्ने युवाले ४० हजार $ फसाइदिएछन। उनले सुनिल थापा आफ्ना पितालाइ फोन गरेर यो कुरा बताए। सुनिल थापा को रहेछ भनेर पत्तो लगाउन गएछन सिन्धुपाल्चोक। जसले उनका छोरालाइ फसाए तिनको गाउँ एकदमै कुनामा जहाँ बिजुली बत्ती, पानी सडक, स्कुल केहिको बिकास नभएको मात्रै होइन त्यहाँ त्यस्ता बिकास हुन धेरै समय लाग्ने देखेछन। उनले मनमनै सोंचेछन र युनिभर्सिटी क्लियर गरेका मेरा छोरालाइ यस्तो गाउँको मान्छेले फसाउँछ भने त्यो ठूलो उपलब्धी हो। त्यो मान्छेलाइ मलाइ भेटाउ बहनी खबर छोडेछन गाउँलेहरुलाइ र नभन्दै उनले सुनिल थापालाइ भेटेछन। सुनिल थापाले त्यत्रो पढेको मेरो छोरालाइ पनि थाङ्नामा सुताउने तिमी महान हौ भनेर ३० हजार बक्सिस दिएर पठाएछन।

सारंश: मान्छे पढेर मात्रै बाठो बन्दैन। बुद्दी सबैको बराबर हुन्छ प्रयोग गराइमा भर पर्दछ।