अभियान न रोकी दिनु होला मलाइ ह्रदय देखि धेरी पिडा लागी रहेछ भिडियो सहित

खुशी राई,
सम्पुर्णमा जानकारी
कृष्टिना सुनुवार बारे हिजो देखि फैलिएको भिडियो केही गलत हुन । जुन यहाँ कृष्टिना नानीको बाबाले प्रष्ट भन्नु भएको छ । आज सम्मको खबर यहि हो । कोहि पनि हल्लाको पछाडी नलागौ हाम्रो अभियान जारी राखौ र अर्को कुरा यो हामी उभिएको ठाउँमा आज कृष्टिना नानीको लागि यही क्लिक्निकमा नानी र उनीको दिदीको खकार जाँच्न लगिएको हो । नानीलाई उनैको माइली दिदीको बोन्म्यारो प्रत्यारोपणको लागि तयारीमा छ यदी मिलेको खन्डमा । रिपोर्ट चाँही १७ दिन पछी आउनेछ ।
धन्यवाद

ओखलढुङ्गा लिखु गाउँपालिका वाच्पु निवासी नीर सुनुवार र रेनुका सुनुवारको ४ वर्षिय छोरी कृष्टिना सुनुवार गत असोज देखि कान्ति बाल अस्पताल, बाल मैत्री , पाटन अस्पताल हुँदै हाल बानेश्वर स्थित निजामती कर्मचारी अस्पताल (Civil Hospital ) मा उपचारमा छन । केही समय अगाडि मात्र उन्लाई बोन्म्यारो रोग भएको पत्ता लागेछ । र कृष्टिनालाई बोन्म्यारो प्रत्यारोपणको लागि १५ लाख भन्दा माथी लाग्ने तर आफ्नो आमा बाबाको आर्थिक अवस्था कमजोर भएकोले कृष्टिनाको उपचारको लागि उहाहरुले भिडियो बनाएर नेपालि दाजु भाइ दिदी बहिनी आमा बुवा सबै सामु सहयोग माग्नु भएकोले म पनि आज अस्पताल मै भेट्न पुगेको थिए ।
र यहि भिडियो हेर्नू भएर धेरै जनाले सहयोग गर्ने ईच्छा पनि गर्नु भएकोले मैले पनि सबै सामु जानकारि गराएको छु ।
बिस्तृत जानकारिको लागि कृटिनाको बाबाको नम्बर 9841286649 नीर सुनुवार । र मलाई पनि सोध्न सक्नु हुनेछ ।
हामी सबैले सग्दो सहयोग गरौ भन्ने अपेक्षा पनि गरेकी छु ।धनबाद
यो भन्दा अगाडीको अभियानमा दिन चाहेर पनि दिन नभ्याउनु भएको मित्रहरु पनि धेरै हुनु हुन्छ आशा छ यस अभियानलाई हामी सबै मिलेर सफल बनाउने नै छौ ।
यसै अभियानको लागि :-
काठमाडौं खुशी राई
अमेरिका यशोदा राई
युके चित्रा नेम्वाङ
ईजरायल माया लिम्बू
दुबई राजु राई
बिस्तृत जानकारी गराउदै गराउनेछौ । सहयोग गर्न चाहानु हुनेले कबोल गर्दै जानू होला