गायक पुस्कल शर्मा स्टेजमा किन रोए ? (भिडियो)

काठमाडौँ : पछिल्लो समय चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक पुस्कल शर्मा । बिशेषत बियोगान्त गीतमा उनले स्वर दिएका छन् भने उनका गीतहरु पनि निकै चलेका छन् ।  कहिले पुष्कल शर्मा मरेको खबर लिएर गीतमार्फत आउँछन् त कहिले मुटु जलाएको कुरा लिएर आउँछन् । पोखरामा जारी रहेको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा पुस्कल शर्माले सबै दर्शकका सामु आफू पनि रोए र अरुलाई पनि रुवाए । उनले मुटु जलाई जलाई गीतमा आफैले अभिनय गर्दा रोएका हुन् ।[youtube https://www.youtube.com/watch?v=nlOwd7Cr6Qc]

स्टेजमै लाईभ अभिनय गरेर लोक दोहोरी गीत प्रस्तुत गरिएको यो पोखरामा संभवत पहिलो पटक हो । उनले स्टेजमा एक म्युजिक भिडियोमा हुन पर्ने सबै कुराहरु अभिनयका माध्यमबाट दिएका छन् ।