माता मनकामनाले सबैको मनोकांक्षा पुरा गरुन, पुष ३०/जनवरी १४ को राशिफल

आज श्री शाके १९३९ बि. स. २०७४ साल पौष ३० गते आईतबार इश्वी सन २०१८ जनवरी १४ तारीख माघकृष्ण पक्ष त्रयोदशी तिथी चन्द्रमा बृश्चिक राशिमा १४ः२८ बजेसम्म पश्चात धनु राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु प्रदोषव्रत पौषमसान्त – ज्यो . पं . सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थमा सामान्य सुधारको अनुभब रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । बिश्वासिलो ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । मध्यान पश्चात मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । मध्यान पश्चात सामान्य बादबिवादको सामना गर्नु पर्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अरुको संगतगर्ने बानिले सामान्यसमस्या आइपर्ला । अपरान्ह पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । अपरान्ह पछी गैर ब्यतिको बिश्वास नगरेकै बेश हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । मध्यान पछि बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ । मध्यान पश्चात पारीवारिक झमेलाको सामना गर्नु पर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बोलि तथा खानपानमा बिशेष ध्यान दिनु होला । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । अपरान्ह पश्चात गरीएका कार्यहरु सहजता पुर्ण ढगंले सम्पादन हुनेछन ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । मध्यान पछि आय आम्दानिका तुलनामा खर्च बढ्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । नयाँ कार्यको थालनि नगनू होला । मध्यान पश्चात भने निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला सन्तान सम्बन्धि समस्याले सताउला । अपरान्ह पश्चात आक्स्मिक धनखर्चको सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुने तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मध्यान पछी भने साजेदारी कार्यमा सजग रहनु होला ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

धार्मिक कार्यको क्षेत्रमा समय ब्यतित रहला । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । मध्यान पश्चात सामान्य अपजस आई पर्नेछ ।