“आँशुको अर्थ के थाहा ” अब किड्स भर्सनमा { भिडियो सहित }

दमक , झापा l नेपाली सांगीतिक जगत फराकिलो बन्दै आएको छ l जहाँ धेरै नक्षत्रहरु चम्किरहेका छन् l नेपाली सांगीतिक क्षेत्रको अहिलेको चर्चित एक नाम हो गायक तथा संगीतकार टंक बुढाथोकी l उनले थुप्रै चर्चित गीतहरु हामी माझ पस्किसकेका छन् साथै उनले थुप्रै गायक गायिकाको आवाजमा संगीत पनि भरि सकेका छन् l

गायक तथा संगीतकार टंक बुढाथोकीले आज मात्रै ६ बर्षीय सुमधुर आवाजका धनि सदृस चुडालको आवाजमा “आँसुको अर्थ के थाहा” को किड्स भर्सनमा हामी माझ ल्याएका छन् l यो चर्चित गीतमा गायक शिव परियारको आवाजमा केहि दिन अघि मात्र बजारमा आएको थियो l बुढाथोकीले कक्षा एकमा अध्ययनरत सदृसको आवाजमा यो गीत उनकै स्टुडियो 9 मा रेकर्ड गरेका हुन् l टंक बुढाथोकीको साथ अनि ६ बर्षीय सदृस चुडालको यो सहकार्यलाई सफलताको कामना गर्दछौ l
[youtube https://www.youtube.com/watch?v=FjGSIqP-_kA]