राशिफल (२०७४ पौष २३ गते/२०१८ जनवरी ०७)


राशिफल (२०७४ पौष २३ गते/२०१८ जनवरी ०७)
राशिफल (२०७४ पौष २३ गते/२०१८ जनवरी ०७) को फोटो
No Comments , शनिबार, पुस २२, २०७४ , by Krishna Pd. Koirala
भोलि वि.सं. २०७४ पौष २३ गते आइतबार तदनुसार ई. सं. २०१८ जनवरी ०७ तारिख
भोलिको चाडपर्व र उत्सव : त्रिपुष्कर योग राती ०९।४३ देखि बिहान ०६।४५ सम्म
माघ कृष्णपक्षको षष्ठी तिथि, बेलुका ०९:४८ बजेसम्म, त्यसपछि सप्तमी तिथि,
पूर्वाफाल्गुनी नक्षत्र, बिहान ०७:०३ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र,
भोलिको चन्द्रमा सिंह राशिमा, दिउँसो १२:५९ बजेसम्म, त्यसपछि कन्या राशिमा,
सौभाग्य योग, दिउँसो ०२:१२ बजेसम्म, त्यसपछि शोभन योग,
सुरुमा गर करण बिहान १०:१६ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०९:४८ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे
भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : साँझ ०४:०४ देखि ०५:२२ सम्म
यमघण्ट : दिउँसो १२:१० देखि ०१:२८ सम्म
गुलिक काल : दिउँसो ०२:४६ देखि ०४:०४ सम्म
भोलिको वारवेला :–
उद्वेग वारवेला : बिहान ०६:५८ देखि ०८:१६ सम्म, साँझ ०४:०४ देखि ०७:०४ सम्म र मध्यरात्रीपछि ०५:१५ देखि ०६:५८ सम्म
शुभ वारवेला : दिउँसो ०१:२८ देखि ०२:४६ सम्म र बेलुका ०७:०४ देखि ०८:४६ सम्म
अमृत वारवेला : दिउँसो १०:५२ देखि १२:१० सम्म र बेलुका ०८:४६ देखि १०:२८ सम्म
चर वारवेला : बिहान ०८:१६ देखि ०९:३४ सम्म र बेलुका १०:२८ देखि १२:१० सम्म
रोग वारवेला : दिउँसो ०२:४६ देखि ०४:०४ सम्म र मध्यरात्रीपछि १२:१० देखि ०१:५२ सम्म
काल वारवेला : दिउँसो १२:१० देखि ०१:२८ सम्म र मध्यरात्रीपछि ०१:५२ देखि ०३:३४ सम्म
लाभ वारवेला : बिहान ०९:३४ देखि १०:५२ सम्म र मध्यरात्रीपछि ०३:३४ देखि ०५:१५ सम्म
भोलिको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्द व्यापार र कृषिक्षेत्रमा मध्यम छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन । तपाईंको भावनाको कदर नहुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com