छम छम नाच घुमेर : कल्पना श्रीपाल भिडियो

गाेविन्द विश्‍वकर्मा प्यूठान । लामाे सयमकाे अन्तराल पछि लाेकप्रिय गायिका कल्पना श्रीपालले नयाँ माैलिक काैडा गीत लिएर डिजिटल बजारमा अाउनुभएकाे छ केही समय अघि देखि नेपाल बाहिर बस्दै अाउनु भएकी गायिका श्रीपालले नेपाल अाएकाे समयमा “छम छम नाच घुमेर” बाेलकाे नयाँ माैलिक काैडा गीत सार्वजनिक गर्नुभएकाे हाे ।
लाेकप्रिय गायिका कल्पना श्रीपाल र अारके गुरुङकाे सुमधुर अावाज रहेकाे यस गीतकाे लय तथा शब्द सृजना अारके गुरुङले नै गर्नुभएकाे छ । चर्चित निर्देशक प्रकाश भट्टकाे फरक निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छाया‌ंकन करन चैसिएरले गर्नुभएकाे हाे भने सम्पादन विष्णु शर्माले गर्नुभएकाे छ।

गायिका कल्पना श्रीपालऽ सम्झना लामिछाने मगर, मैना रेश्मी मगर र साथीहरुकाे उत्कृष्ट नृत्य रहेकाे छ । गायिका श्रीपालका घरमा पराल, गल्काेटे साइलाे, बाेर गरायाे मायाले, सावुन पानी लगायतका गीतहरुले हजाराैं श्राेता दर्शककाे मन जिति सकेका छन । गीतकाे बारेमा हामी सँग कुराकानी गर्दै गायिका श्रीपालले अाफू समय र परिस्थितिले नेपाल बाहिर रहेतापनी अाफ्नाे नेपाली लाेक गीत संगीत प्रतिकाे मह कहिले कम नहुने बताउनुभयाे साथै सधै नेपाली गीत सँगीतमा नै समयकाे व्यवस्थापन गरेर लागिरहने बताउनुभयाे । मिठाे अनि मन छुने बनेर अाएकाे माैलिक काैडा गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।
भिडियाे : समावेशीअनलाइनको सहयोगमा