कस्तो अचम्म दैबको लिला : आफैले मृत्यूको कल्पना गरेको ठीक ३० दिनमा कलाकार बिना थापाको मृत्यू !!

‘मानिसको ईमान्दार मित्र कोही छ भने त्यो मृत्यु हो । मृत्युले कहिल्लै धोका दिदैन ।’ आज भन्दा ठीक एक महिना अगाडी अर्थात २७ नोभेम्वरको दिन कलाकार बिना थापाको फेसबुकमा पोष्ट गरीएको स्टाटस हो यो ।

 

 

जुन मृत्यूको बारेमा थियो । संयोग उनले यो स्टाटस लेखेको ठीक ३० दिनमा डिसेम्बर २७ का दिन उनको मृत्यू भएको छ अर्थात उनलाई मृत्यूले धोका दिएन ।राजधानीमा सडक दुर्घटनामा उनी मृत्यु संग प्रेम सम्वन्धमा बाँधिएकी छन । जसरी उनले स्टाटसमा लेखेकी थिईन – ‘मृत्यु सधै दुःखदायी हुन्छ तर दुखको कारण मृत्यु होईन त्यो प्रेम हो ।’

स्टाटसमा उनले यो जिवनमा उनले नजिकको मित्र कोही छ भने मृत्यु नै देखेकी थिईन । पशुपतिनाथ र आर्यघाटको दृश्य संग टोलाई रहने मन लाग्ने कुरा थियो । उनको स्टाटस र आजको मृत्यू देख्दा लाग्छ उनको भित्रि आत्माले मृत्यु संग प्रेम गर्न सुरु गरेको थियो ? वा उनले मृत्यू देखिसकेकी थिईन ?

तनाव वा पिडा के कारणले उनले मृत्यूलाई साथी ठानेकी थिईन, नभन्दै एक्कासी पानी ट्याङ्गीको ट्रकले उनको स्कुटरलाई हानेर उनको ज्यान गयो, काठमाण्डौं बत्तिसपुतलीमा ।

को हुन बिना ?

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजलेकी चेली हुन विना थापा । गाउँमा आँखामा राखेर नबिझाउने नानीका रुपमा परिचीत उनि काठमाण्डौमा पुगे पछि नृत्य कलाकार र मोडलिङ्ग क्षेत्रमा जमेकी थिईन् । २७ वर्षिया विना अविबाहित थिईन ।

प्रकाश दाहालको पनि उस्तै

केही समय अघि माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यू भयो । उनले पनि मृत्यूको केहीदिन अघिमात्र आफ्नो फोटो ब्ल्याक एण्ड ह्वाईट बनाएर फेसबुकमा पोष्ट गरेका थिए । यी घटनाहरुले शंका उब्जाएको छ, मानिसले आफ्नो मृत्यूको पूर्वसंकेत गर्छ ?

के थियो बिनाको स्टाटसमा

जिन्दगी के रहेछ त ? यस्तै कुराले मलाई पिरोल्छ । धेरै जसो पशुपति नाथको दर्शन, त्यहाँको माहोलमा टोलाई रहन मन लाग्छ । त्यहाँको गतिविधी हेर्नका लागि म प्राय पशुपतिनाथ जाने गर्छु ।

आफुलाई फ्रेस बनाउन र केहि बुझ्न , त्यहाँ बसेको पत्तो लाग्दैन म लाग्छ । मृत्यु भयानक छ तर इमान्दार छ । मानिसको ईमान्दार मित्र कोही छ भने त्यो मृत्यु हो । मृत्युले कहिल्लै धोका दिदैन ।

जन्म देखि संगै बस्ने र जाँदा संगै लिएर जाने मृत्यु नै रहेछ । जिवनको आफ्नै लय हुन्छ जिवनको लय भन्दा फरक हुन्छ । मृत्यु सधै दुःखदायी हुन्छ तर दुखको कारण मृत्यु होईन त्यो प्रेम हो ।’

नारीखबर बाट साभार :