अस्पताल भित्र डाक्टरको लागु औषध व्यापार । सहारा दिने भन्दै यसरी बेचिदै बालवालीकाहरु ! भिडियो

टिम रविको सनसनीखेज खुलासा बिपी हस्पिटलमा डाक्टरहरुले नै ब्राउनसुगुरको कारोबारमा
मुलुकमा यत्रो चुनाव भयो । जनताले व्यालेट बक्समा आफ्नो मत दिए । मत परिणाम सार्वजनिक भएसँगै जनादेश स्पष्ट पनि भयो । तर अब सुनिदैछ पार्टी एकतासम्मको कुरा गरेका बामहरु प्रधानमन्त्री आलोपालो बन्ने मार्ग खोज्दै छन् रे ।मुलुकमा पटक पटक सरकार परिवर्तन भइरह्यो र स्थायित्व चाहियो भनेर रट लगाउने पनि तपाईहरु । स्थायित्व मात्र होईन स्थीर सरकार भए विकाशको मुल प्याट्टै फुट्छ भन्ने पनि तपाईहरु, अनि जनादेश प्राप्त भैसकेपछि अब तपाईहरुको लडाई प्रधानमन्त्री पदका लागि ?

यो संयोग मात्र पनि हुन सक्ला तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन पालै पालै आउनु अनि केपी ओली ज्यु र पुष्पकमल दाहाल प्रचण्ड ज्यु पालै पालो देशको प्रधानमन्त्री हुने कुरा बाहिर आउनुले स्थायित्वका लागि प्राप्त जनादेशको हुर्मत लिएको छ । त्यसमाथी पार्टी एकिकरण गरेर अघि बढ्ने वाचा, कवुल गरेका नेताहरुको यस्तो सर्त, भोली का लागि झगडाको विउ बन्ने कुराको संकेत प्रष्ट देखियो । ढुक्क हुन सक्ने प्रसस्त ठाँउहरु छन् ।

मुलुक र मुुलुकवासीका लागि अब केही गर्छौ भनेर मुखले भने पनि पद लोलुपता आलो पालो सिस्टमले प्रष्ट पा¥यो । ल ठिकै छ एक छिनलाई ओली ज्यु साढे २ बर्ष, प्रचण्ड ज्यु साँढे २ बर्ष प्रधानमन्त्री बन्नु भयो रे ।

बांकी मन्त्रीमंण्डल चाँहि उही कि अलग ? बाँकी मन्त्रीमण्डल नै नयाँ गठन गर्ने हो भने साढे २ बर्षको भिजन, बजेट, योजना कार्यान्वयनको के हविगत हुन्छ ? फेरी यति छोटो अवधीमा सपथ ग्रहण, आसन, भाषण र २÷४ थान रिवन काट्न बाहेक गर्न चाँहि के सकिन्छ ? जनमतको यस्तो बेहाल अशोभनीय छ । सबै मिलेको तर प्रधानमन्त्री बन्ने भाग बण्डा नमिलेको हो भने नयाँ बाटो समाउनुस् । केहि नभएका धेरै जात्राहरु देखिसकेका हामीलाई अर्को जात्रा हेर्न के को आइतबार भो र ।

जम्बो मन्त्रीमण्डल पनि देखिएकै हो, उपप्रधान मन्त्रीहरुको लावालष्कर पनि देखिएकै हो, खाली सम्बृद्धी मात्र नदेखीएको न हो । बाँकी नाटक सबै देखिएको हो । बरु संसारमा कँहि नभएको एउटा काम गरिदिनुस् २ वटा प्रधानमन्त्री एकै चोटी ।

एकै पटक दुई प्रधानमन्त्री भएको देश भनेर चिनुन् न । यो सुनेर संसारका अरु मानिस अचम्मित होलान हामी नेपालीहरु चाही अचम्मीत हुँदैनौँ । झट्ट सुन्दा नचाहिने कुरा लागेपनि फ्याट्ट न होला भन्न चाही सकिदैन है ।

आजको बिशेष

रविको सिधा कुरा टिमले गरे यस्तो सनसनी खुलासा, खुलम खुल्ला बाल व्यापार, विपी कोइराला अस्पतालमा ब्राउन सुगरको कारोवार हेर्नुहोस भिडियो सहित ,यो राजधानी हो , जहाँ ठगहरु खुला सडकमा चिल्ला कारमा मग्न छन् , ठगिनेहरु जो सडकमा भौतारिरहेका छन् ,अस्पताल भित्र डाक्टरको लागु औषध व्यापार । सहारा दिने भन्दै यसरी बेचिदै बालवालीकाहरु !