प्रधानमन्त्रीले फोहोर फाले पुरस्कार दिन्छु ः के.पी (भिडियो सहित)

यतिबेला बजारमा चर्चामा रहेका केही विषयहरु मध्ये क्लिन काष्टमाण्डप पनि एक विषय हो जुन अहिले मिडियाहरुमा भाइरल भइरहेको छ । यो क्लिन काष्टमाण्डप अभियानका अभियान्त कुनै नेता, ठुला पोष्टमा भएका व्यक्ति र धनाढ्या व्यक्ति नभएर सामान्य परिवार बाट हुर्किएर हाल स्नातक पहिलो वर्षमा अध्यन गरिरहेका रहेका १६ वर्षिय के.पि खनाल हुन् । अध्यनको लागि भनेर सुदुरपश्चिमबाट काठमाण्डौ आएका के.पि आएको केही दिनमा नै देशको राजधानी काठमाण्डौ जस्तो ठाँउमा पनि जताततै फोहोरको थुप्रोहरु मात्र देखेपछि उनको मनमा आफसे–आफ काठमाण्डौलाई सफा बनाउने अभियान चलाउन मन लागेको र सोही अनुरुप क्लिन काष्टमाण्डप अभियान शुरु गरेको उनको भनाइ छ । र उनको यो अभियानमा सबैले साथ दिएकोमा आफु खुसी भएको पनि उनी बातउँछन् । ओके नेपालको लोकप्रिय प्रस्तुती कार्यक्र छुच्ची नानी शो.मा कुराकानी गर्दै उनले सबै–सबैलाई उनको यो अभियानमा साथ दिन पनि अनुरोध गरेका छन् । र जो सुकैले पनि फोहोर जहाँपायो त्यही फाले चाहे प्रधानमन्त्री नै किन नहोस् उँहाहरुलाई लज्जासपध गराउनको लागि पुरस्कार दिने सोच बनाएको पनि उनले बताए । १७ वर्षिय के.प िखनालको क्लिन काष्टमाण्डप अभियानको विषयमा छुच्ची नानीले के.पि खनाल संग गरिएको कुराकानी हेर्नको लागि तलको भिडियोमा जानुहोस् । [youtube https://www.youtube.com/watch?v=gFV6_Vc1Xf4&w=560&h=315]