ओली प्रधानमन्त्री बन्ने पक्का हुदै गर्दा चीनले मुख खोल्यो : भारतलाई चेतावनी दिदै भन्यो “नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरी नेपालको विकासमा सहयोग गर”

काठमाडौं, ४ पुस – नेपालमा बामगठबन्धनको बहुमत आएपछि छिमेकी मुलुकहरुले निकै चासो देखाएका छन् । खासै प्रतिकृया नजनाउने चीनले बामगठबन्धनको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने चर्चा चलेपछि चासो ब्यक्त गरेको छ ।

चीनका अखबारअरुमा नेपालका विषयमा समाचार प्रकाशन प्रसारण भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अगामी सरकारको पालामा नेपालका लागि हुने सहयोग जारी राख्ने जनाएको छ । सबैभन्दा महत्वका साथ लिइएको केरुङ–काठमाडौं रेलमार्ग निर्माणले समेत एमाले नेतृत्वको सकारकाको पालमा तीब्रता पाउने जनाएको छ ।
चीनका अखवारहरुले भारतले वाम गठबन्धनलाई चीनको सहयोग रहेको भनेर भ्रम फैलाएको भन्दै त्यसको खण्डन गरेका छन् ।

 

चिनियाँ अखवार ग्लोवल टाइम्समा नेपालमा आएको राजनीतिक परिवर्तनका विषयमा समाचार प्रकाशित गरीएको छ । पत्रिकामा चीनले नेपाललाई एक असल मित्रका रुपमा विकास र समृद्धिमा सहयोग गर्न चाहेको उल्लेख गरेको छ । नेपाल र चीनलाई रेलसँग जोड्ने ओलीको महत्वाकाँक्षी परियोजना हो । ओली प्रधानमन्त्री हुंदा सो विषय उठाइएको हो । त्यस वाहेक अरनिको राजमार्ग, स्याप्रुवेंशी–रसुवागढी मार्गको स्तरोन्नति गर्ने र खासा–तातोपानीमा सुख्खा बन्दरगाह बनाउने परियोजना पनि तीब्र गतिमा अघि बढाउने तर्फ चीनले चासो देखाएको छ ।
चीनले भारतलाई पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरी नेपालको विकासमा सहयोग गर्न चीनसँग सहकार्य गर्न आग्रह गरिएको छ ।

चप्नले नेपाललाई दुई छिमेकी मुलुकलाई सन्तुलनमा राखेर अघि बढ्न सुझाव दिएको छ । दुवै देशलाई सन्तुलनमा राखे मात्र नेपालको विकास सम्भव हुने उल्लेख गरकेो छ ।
(लाइटनेपाल)