काँग्रेसले चुनाव हार्नुमा देउवा मात्रै दोषी होईन सबै नेताले जम्मेवारी लिनु पर्छ।

कर्ण अधिकारी।
नेपाली काँग्रेसले नमिठो पाराले २०७४ को चुनाव हारे पश्चात बिभिन्न सामाजिक संजाल तथा मिडियाहरूमा नेपाली काँग्रेसको केन्द्रिय कमिटीमा रहेका नेताहरू र केहि कार्यकर्ताहरूले नेतृत्व परीवर्तनका बिषयमा कुराहरू उठान गरी रहेका छन।नेपाली काँग्रेसले किन र के कारणले गर्दा हार्यो भनेर समिक्षा गर्नुको साटोमा नेतृत्व परीवर्तनका कुराहरू सामाजिक संजालहरूमा छाई रहदा यो गलत मार्गको सुरूवाती हो भन्ने लाग्दछ।

कमी कम्जोरी पार्टी सभापति देउवाबाट भएकै हो।राजदुत प्रकरण,आईजी प्रकरण,प्रधान न्याधिश प्रकरण,सत्ता मोह,नाकाबन्दीको समयमा खुलेर भारतले नाकाबन्दी लगाएको हो भन्न नसक्नु,काँग्रेसको भातृसंगठनको चुनाव गराउने नाममा आफ्ना आसेपासेलाई बिजयी बनाउनु,टिकट बितरणमा राम्रा ब्यक्तिले भन्दा पनि हाम्रा ब्यक्तिले पाउनु श्रीमतिलाई स्थान दिनु र सक्षम कार्यकर्ताहरूलाई पाखा लगाउने जस्ता कार्यहरूमा मुछिनुले पनि काँग्रेसलाई धक्का लागेकै हो तर उहाँको काधमा आएको जिम्मेवारीबाट पछि हट्नु त भएननी।चुनाव गराउनु थियो सम्पन्न भएको छ यसलाई महान सम्झिनु पर्छ किनकी कम्युनिष्टका ३/३ वटा प्रधान मन्त्री भएर पनि बनाउन नसकेको संबिधान शुशिल कोईरालाको नेतृत्वले गराई छाड्यो भने संबिधान लागु गर्नकै लागि भए पनि देउवाको नेतृत्वमा बनेको सरकारले स्थानीय,प्रदेश र प्रतिनिधि सभाको चुनाव गराई छाडे।काँग्रेस हार्नुको मुल कारण नै बाम एकता हो भन्ने कुरा मनन गरौ।

नेपालको दोस्रो र तेस्रो पार्टी मिलेर पनि काँग्रेस थोरै मतले हार्नुले पनि काँग्रेसको भोटर घटेका छैनन केवल माहौल मात्र बदलीयको हो।जनताका बीचमा क्षणिक एजेण्डा पस्कन नसक्नु र भबिष्यको अर्थ तन्त्रलाई परीकल्पना गर्दै एमालेका सामु बृद्ध भत्ता लगाएतका कुराहरूमा खुलेर जनताको सामु बोल्न नसक्नुले पनि काँग्रेसलाई घाटा लागेकै हो।नेपाली जनताको मनोभावना बुझ्न नसक्नु र केपी प्रचण्डले त्यहि अनकुल काम गर्नुले पनि काँग्रेसले हार ब्यहोर्नु परेको हो।प्रतिनिधि सभालाई मात्र तुलना गर्नुको साटो समानुपातीकको मतको तुलना गर्ने हो भने पनि काँग्रेस १ नं पार्टी हो भन्ने प्रष्ट छ।काँग्रेस हारेको पक्कै पनि नेतृत्वको कारणले होईन।नेपाली काँग्रेसले धेरै पटक बहुमतका साथ सरकार चलाई सकेको छ अब कम्युनिष्टको पनि सरकार चलाई हेरेर पाठ सिक्न जरूरी छ।काँग्रेसको कमी कम्जोरी काहाँ भएको हो त्यसको समिक्षा बेगर नेतृत्वलाई नै गाली गरेर बसी रहनु उचित छैन।यदि नेतृत्व नै कम्जोर हो भन्ने लाग्छ भने यसको जिम्मेवार केन्द्रिय नेताहरू र १३ औं महाधिवेशनमा देउवालाई भोट दिएर बिजय गराउनु हुने काँग्रेसका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूले पनि जिम्मेवारी लिनु पर्दछ।