सबैका अगाडी शिर ठाडो पारेर छाती ठोकेर भन्छु … रबि लामिछाने भिडियो सहित !!

देशमा चुनावी माहोल भएपनि आज केही वेर वेमौसमकै बाजा बजाउनु पर्ने भएको छ । आज आफ्नै कुरा गर्न बाध्य भएको छु । म र मसँग रहेको अमेरीकी पासर्पोट बारे सनसनीपुर्ण न्युज,म विदेश गएको बेलामा आएछ । जसलाई स्पष्ट पार्न जरुरी ठानेको छु । सन् २००२ देखि मैले अमेरीकामा स्थायी बसोबास गर्न सुरु गरेको कुरा मैले कसैलाई लुकाएको छैन । १४ बर्ष अमेरीका बसेको, आफ्नै व्यसाय सञ्चालन गरेको मानिससँग प्रायः त्यहाँको कार्ड,पासर्पोट र अन्य कागजात हुन्छन् नै । यसका लागि कसैको खोजीमुलक पत्रकारीता नै चाहिदैन ।

तर १४ बर्ष अमेरीका बसेको मानिस जब सबै थोक छाडेर आफ्नै देश आउने निर्णय गर्छ के त्यसाका लागि देशका दिग्गज दिग्गज पत्रकारहरुले खोजी पत्रकारीता गरेर बे्रकीङ न्युज नै पत्ता लगाए जस्तो जुगाँ मुठार्न पर्छ ? म सिम्पल भाषामा क्लीएर गर्न चाहान्छु र चित्त नबुझन्नेहरुसँग जहाँ जहिले पनि संवाद गर्न तयार भएको जानकारी दिन चाहान्छु ।

म जस्तो जाबो मान्छे जो १४ बर्ष अमेरीका बसेको जग जाहेरछ, त्यसका बारेमा खोजी मुलक पत्रकारीता गरेर बाघै मारे जस्तो गर्जन गर्न जरुरी छ ? लाखौँ मानिसहरु जस्तै म पनि विदेश गए उतै बस्ने निर्णय गरी घर गाडी व्यवसाय जोडे । आँफु संचारकर्मी भएका नाताले यो क्षेत्रप्रतिको मोह छोड्न सकिन ।

बस्दै गएपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावना आयो तर परीवारको जीम्मेवारी महत्वपुण हुने रहेछ । जीवन सहज बनाउन अ‍ेमरीकै बसेपछी ग्रीनकार्ड,पासर्पोट सबै चाहिने रहेछ । त्यसैले मैले पनि सबै लिए । नलिन पनि सक्थे तर त्यसका पछाडी कयाँै बाध्यता थिए ,मानिस परीस्थीतीको दास हो ।

हुर्कदै गएपछी परीपक्क हुदै गइदो रहेछ । तर मैलेचाहि जानेको कुरा आफ्नै देशमा लगाउँछु भन्ने वाचा आफैलाई गरेको थिए र म कसैलाई देखाउन होइन,हिरो बन्न होइन कसैलाई चुनौती दिन होइन,कसैको भाग खोस्न होइन,कसैको डाह गरेर होइन,कसैको खुट्टा तानेर होइन,कसैप्रती पुर्वग्रह राखेर होइन,कसैलाई जलाउन वा चलाउन सवथोक त्यागेर आएको होइन । माफ गर्नुहोला सरहरु,मानिसको जातै लोभी हुन्छ,खाना खाँदै गर्दा झरेको एक टुक्रा मासुपनि पुछपाछ पारेर कुप्लुक्क मुखमा हाल्छ मान्छे ।

तर तपाई सबैका अगाडी शिर ठाडो पारेर,छाती ठोकेर भन्छु, भएको २÷२ वटा इन्टरनेशनल फ्रेन्चाइस् डुवाएँ,बर्षको १ लाख डलर आउने एक्सीक्युटीभ जागीर,सुवीधा सम्पन्न गाडीहरु,संसारले लोभ गर्ने अमेरीकी जीवन, ग्रिनकार्ड, पासर्पोट, अत्यन्त राम्रो सामाजीक प्रतिष्ठालाई चटक्कै छोडेर अब देशमै केही गर्छु भन्ने अठोट लिएर आएको हु । केही बर्ष विदेशमा अल्झीएको हुँ बाटो भुलेको छैन ।

तपाई भन्दा कम धुलीमाटी खेलेका छैन मैले मेरो यो देशको माटोमा । १४ बर्ष अ‍ेमरीका बसेर केही सिकेको छु र त्यो सबै मेरो देशको लागि ल्याउन चाहान्छु । एक पेग दारु खाएर,एक प्लेट विरीयानी खाएर कसैको न्युज लेख्ने धेरैलाई चिन्छु तर ढुक्क हुनुस म कसैको भाग खोस्न आएको होइन ।

यो आकाश यति विशाल छ कि यहाँ उड्ने चराहरुले एक अर्कासँग ठोकीएकाला भन्ने पिर मान्नै पर्दैन ।म यो भन्दा ठुलो सोच बोकेर नेपाल आएको छु र कसैले मलाई प्रतिश्पर्दी ठान्न पर्दैन । पत्रकार नै भनेर चिनिने दिल निशानी मगरको असन्तुष्टीलाई म सिधा सम्बोधन गर्न चाहान्छु । घुमाएर,बान्को मिलाएरु पेच हान्ने मेरो बानी छैन ।

दिल निशानी मगर जी अमेरीकी नागरीक भनेर मलाई तपाईले भनिरहँदा एउटा कुरा सुनुस जतिखेर तपाई माओवादी छापामार बनेर छाती ताकी ताकी कसैको सिउँदो उजाडदै हुनुहुन्थ्यो,कन्चट ताकी ताकी कसैलाई टुहुरा बनाउँदै हुनुहुन्थ्यो,ठिक त्यति नै बेला म विदेशमै बसेर पनि दुख पाएका,जागीर नपाएका र अनेकौ समस्या झेली रहेका नेपालीहरु लाई छानी छानी,खोजी खोजी आफ्नो घरमा राखेर ,जागीर खोजेर,इमिग्रेसन,इन्स्योरेन्स जस्ता काममा सहयोग गरीरेहेको थिए ।

मुलुक परीर्वतनमा तपाईले जस्तो महान योगदान दिन नसकेपनि विदेशी भुमीमा अप्ठेरोमा परेका धेरैलाई सघाएर ह्दयभरीको आर्शिवाद शिरमा थापेको छोरो मान्छे हँु म । सुन्दा घमण्ड गरे जस्तो सुनीएला, होइन गर्व गरेको छु गर्व ।
देशका यत्रायत्रा घुसखोर,तस्करहरुलाई नङग्याउन खोजी पत्रकारीता गर्न छोडेर म जावोको पछाडी नलाग्नुस । अनि न्युज यसरी लेखीएको छ कि मानौँ ठुलै तस्करीको गिरोहलाई नै समातिए जस्तो ।

मेरो इतिहास केलाउन अरु थप रिपोर्टर खट्याउनु पर्दैन,मलाई भेट्न आउनुहोस १० मिनेट भित्र म आफ्ना सारा कमजोरीहरु र बदमासीहरु बताइदिन्छु । तपाईको रिर्पोटरले सात पुस्ता सम्म पत्ता लगाउन नसक्ने व्रेकीङ न्युज दिन्छु । अमेरीकी पासर्पोट मात्र हो र मेरो ब्यक्तिगत सम्बन्धहरुको इतिहास अफ मसालेदार हुन्छ होला । सब बताइदिन्छु आउनु होस । सरहरु कुन जमानामा हुनुहन्छ ? २१ आँे सताब्दीमा १४ बर्ष अमेरीका बसेर आफ्नो देश फर्कीएको एउटा संचारर्कीको युएस पासर्पोट छ रे भनेर सनसनीपुर्ण खुलासा गरीरहनुभएको छ ।

दस औला जोडेर सरहरुलाई बिन्ती गर्छु । नतमस्तक भएर अनुरोध गर्छु, ह्दर्यदेखी केही भन्न चाहान्छु । कृपया निधार नखुम्च्याई एउटा सिकारु सञ्चारकर्मीले गरेको विनम्र अनुरोध सम्झी सुनिदिनुहोला । १४÷१५ बर्ष विदेश बस्दा ट्याक्स देखी लिएर अन्य विभिन्न कामहरु मिलाउनु पर्छ ,त्यसैले पासर्पोट फ्याकेर सिनेमामा जस्तो भावुक बनेर चटक्कै हिड्न मिल्दैन । विगत ३ बर्षदेखी निरन्तर प्रयास गर्दैछु । त्यतिका धेरै क्रेडीट कार्डको ऋण, परीवारको खर्च व्यवस्थापन गर्न नसक्दा म फाइन्नासियली थला परेको छु ।

अर्काको देशको ऋण नतिरी मैले पासर्पोट बुझाएर भाग्न मिल्दैन । म सार्वजनिक जिवन बाँचेको मान्छे ,मेरा कुराहरु लुक्दैनन् र म लुकाउन पनि चाहान्न बस सहि समयको मात्र पर्खाइ थियो । कार्यक्रमको २ सय भागमा यि सब कुरा बताउने तयारी गरेको थिए । दया गरियोस र विचरा भनियोस भनेर भनेको होईन्, न त म कुनै सहानुभुती नै चाहन्छु । बस अरु कसैसंग होईन आफ्ना दर्शकहरुसंग मनको कुरा प्रष्ट खोल्न चाहान्छु ।

पैसा कमाउन विदेश गएको म, आफ्नै मुलुकमा कार्यक्रम चलाएर समाज बदल्न प्रयास गर्छु भनेर विगत ३/४ बर्षदेखी नेपालमा बसेर एक्लै संघर्ष गर्दा मैले १४ बर्ष दुख गरेर जोडेको मेरो व्यवसाय पनि डुब्यो र मेरा अंशमा परेको पुर्खाैली जमिन पनि सकियो । आमा र देशसँग छल गर्नु हुँदैन भन्छन् म मेरा जन्मभुमी मेरो देश नेपाल र आँफुलाई जन्मदिने स्वर्गवासी आमालाई सम्झेर लाइभ टेलीभिजनमा भन्दैछु मैले अमेरीका छोडीसके तर आँफुले त्यत्रो बर्ष कर्म गरेको अमेरीकाको सम्मान मैले गर्नैपर्छ त्यसैले चाडो भन्दा चाडो पासर्पोट बुझाउने क्रममा विगत १ बर्षदेखी लागि परेको छु । १४ बर्षको भारी सजीलै बिसाउन नसकेकोमा को सँग माफी माग्नु पर्ने हो थाहा छैन ।

तर मेरो दुर्भाग्य आफ्नै देशमा बस्न पनि भिषा र वर्क परमीट लिनु पर्ने रहेछ त्यो लिएको छु । वर्क परमीट रिन्यु गर्ने बेला भैसकेको छ व्यस्ताले भुलेछु । मेरो गल्तीहरु यिनै हुन । विदेशमा केही ज्ञान आर्जन गरेर आफ्नै देश फर्कीसकेको र केही कागजी प्रकृया मिलाउँदै गर्दा पर्न गएको असुवीधा प्रति क्षमा प्राथि छु ।

यति सिम्पल कुरालाई बाघ नै मारे जसरी ३ हात उफ्रेर न्युज बनाइरहनुभएका सबैलाई आफ्नो त्यो अपार क्षमताको प्रर्दशन म बबुरो माथी नगर्न विनम्र अनुरोध गर्दछु । यो कार्यक्रमलाई प्रभाब पार्ने उदेश्यले यसो गर्नुभएको हो भने मलाई माफ गर्नुहोला । त्यस्तो हुन सक्दैन । यो हिलो छ्याप्ने काम बन्द गरौ । बरु सुशासन कायम गर्न र भष्ट्राचर नियन्त्रण गर्न सहकार्य गरौन । त्यसो गरे कसो होला ?

अमेरिकी पासपोर्टका विषयमा रविले लाईभमै बोले । अस्पतालमै नर्सको घाटी यसरी थिचियो ! (पानाखबर)